बंगलादेशका कार्टुनिष्टहरुको कारागार यात्रा


बगंलादेशमा निकै चर्चित यि कार्टुनिष्ट हालै त्यहाँको सरकारले पक्राउ गरेको ११ जना एन्टी गभरमेन्ट पोष्ट लेख्ने आरोप लागेका मध्य एक हुन् । कोरोना महामारीमा सरकारको भूमिकाको आलोचना गर्ने र आलोचक पोष्ट लेख्ने सामाजिक सञ्जालका अनुहारहरुलाई सरकारले रातारात पक्राउ शुरु गरेको छ ।

यि ११ जना नै कार्टुनिष्ट र लेखकहरु हुन्, यसअर्थमा भोलीबाट अब बगंलादेशका राष्ट्रिय र क्षेत्रीय दैनिक पत्रिकाहरुमा कार्टुन र ब्यगं नहुने तय छ । सरकारलाई ब्यंग र द्धन्दमा फरक नदेखिएको अवस्था स्पष्ट छ ।

अहमद कविर किशोर र मुस्तक अहमद कार्टुनिष्ट र लेखक हुन्, उनीहरुलाई रेयापीड एक्शन रियाक्शन पारामिलीटरी फोर्सले पक्राउ गरेको हो, हालै कार्यान्वयनमा ल्याइएको डिजीटल सेक्यूरिटी एक्ट अन्र्तगत उनीहरुलाई कारवाही गरिएको हो ।

११७१९ जना संक्रमीत र १८९ जनाको मृत्यु भएको बिहिवार सम्मको तथ्याकं भएको यस देशमा बिवादास्पद डिजीटल सेक्यूरिटी कानुन अन्र्तगत ४० जनालाई पक्राउ गरिसकिएको छ । हालै पक्राउ गरिएका लेखक, स्तम्भकार र कार्टुनिष्टहरुलाई भय फैलाएको र गलत समाचार सम्प्रेषण गरेर सरकारको छवी बिगारेको आरोप छ । उनीहरुलाई बगंलादेशका राष्ट्रपिता शेख मुजिवुर रहमानको छवी बिगारेर कार्टुन बनाएको आरोप पनि छ । सत्तापक्षकी बागडोर समाएकी प्रधानमन्त्री संसदमा स्पष्ट वहुमतका साथ अडिग रहेकी कारणले त्यहाँको सरकारले आफ्ना आलोचक र बिरोधीलाई नयाँ नयाँ कानुन बनाँउदै कारागार चलान गरेको आरोप पनि लागेको छ ।
कार्टुनिष्ट किशोर चाँही लाइफ इन अ टाइम अफ कोरोना सिरिजका कार्टुनहरुमा कार्यरत थिए, उनले कार्टुन मार्फत कोरोना प्रति सरकारको गैरजिम्मेवारी र कोरोना समयको भ्रष्टाचारमाथि ब्यगं गर्दै आएको थिए, उनी अत्यन्त चर्चित र रुचाइएका कार्टुनिष्ट हुन् ।

लाइभमाण्डु


Loading comments...