बन्दुकधारीले आक्रमण अघि प्रधानमन्त्रीलाई पत्राचार गरेका थिए


न्यूजिल्याण्डमा गत शुक्रबार भएको मस्जिदमा भक्तजनमाथिको आक्रमणको चर्चा अनि निन्दा विश्वभर भइरहेको छ । सेतो छालाको प्रभुत्वको प्रवर्तनमा उक्त आक्रमण भएको विश्वभर चर्चा भइरहेको छ, उक्त आक्रमणका आरोपीले आफ्नो माटो, संस्कार र सभ्यताको जगेर्ना गर्न बाहिरि तत्वको सफाया गर्न यसो गरेको भन्दै बाइबलका श्लोकहरु पनि उद्धृत गरेका थिए । विश्वको धार्मिक र वर्णगत ध्रुविकरणमा यस आक्रमणले एउटा नयाँ विगुल फुकेको विश्वभरि चर्चा भइरहेको छ, मस्जिद भित्र छिर्न अगाडि छेउका भक्तजनले हेल्लो ब्रदर भनेंर सम्वोधन गरेका आक्रमणकारीलाई आखिर किन र कस्तो आक्रोश थियो त निहत्था भक्तजनहरुको आततायी हमलाका लागि ?

यि आक्रमणकारीले आक्रमण अघिको केहि समय अघि प्रधानमन्त्री लगायत न्यूजिल्याण्डका केहि प्रभावशाली पद र स्थानका मान्छेलाई ७४ पृष्ठ लामो इमेल म्यानिफेस्टो ९ मिनेटअघि पठाएको जानकारी प्राप्त भएको छ । यस म्यानिफेस्टोमा विदेशी जमातले आफ्नो माटोमा विगार गरेको र तिनलाई तह लगाउन यो कदम लिएको र आफुले धर्म प्रतिरक्षाका लागि यो कदम लिएको बताएका छन् । उक्त इमेलमा कुन ठाँउमा कहिले आक्रमण गर्ने भन्ने विवरण चाँही नभएको बताइएको छ । प्रहरी मुख्यालयले उक्त इमेल पाएको केहि मिनटमै आक्रमणको बिषयमा प्रहरी कार्यलयमा ९११ कलहरु आउन थालेको बताएका छन् ।

लाइभमाण्डु


Loading comments...