बन्दुक र भाइरस दुबैको डर


विश्व स्वास्थ संगठनले उत्तरपश्चिमी सिरियाका ठाँउहरुमा कोरोना भाइरसको जाँच गर्ने भएको छ । गतवर्ष सिरियाको युद्धको १० सौं वर्ष पुरा भएको छ, यस दौरान त्यहाँका लाखौ मान्छेहरुको मृत्यु अनि करोडौ सिरियनहरु तेश्रो मुलुकहरुमा शरण लिन पुगिसकेका छन् ।
उत्तरपश्चिम सिरियाको इदलीव क्षेत्र त झन सबै देश अनि उनीहरुले श्रृजना गरेका बिद्रोही फोर्सहरुको क्रिडास्थल नै भएको छ । त्यहाँ लाखौका संख्यामा सिरियनहरु क्याम्पहरुमा बसिरहेका छन्, त्यहाँ कोरोना फैलिएमा क्षणभरमा नै महामारी हुने जगजाहेर छ । इललीवमा त आधा भन्दा कम स्वास्थ केन्द्र र अस्पतालहरु पनि सञ्चालनमा छैनन, कहिले अमेरिकी त कहिले रुसी अनि फ्रान्सेली युद्ध विमानहरुले त्यहाँका अस्पतालमा निशाना गरेर बिध्वशं गरेका हुन् र बाँकी अस्पतालहरु त बिद्रोही फोर्सले नै मोर्टार हानेर उडाएका हुन् ।

सिरियनहरु बन्दुक र बारुदको भयमा त सँधै थिए अब नयाँ भय कोरोना संक्रमणको भयले उनीहरुलाई सताएको छ । आकाश खुल्ला भएको दिन सिरियनहरु झनै डराँउदछन्, त्यस्ता दिन आकाशमा फाइटर जेटहरु आएर उनीहरुको ठाँउमा निशाना बनाएर गोली र बम प्रहर गर्दछ । सिरियनहरु जिवनसंग आक्रान्त भइसकेका छन्, नयाँ भयको अध्याय बअ कोरोनाले थपेको छ ।

यसै परिवेशमा विश्व स्वास्थ संगठनले अब त्यहाँ कोभीड १९ को जाँच गर्ने भएको छ, सिरियनहरुको आँखामा पानी छैन, अब हेरौं उनीहरुमा बन्दुक र भाइरस दुबैको भयले कस्तो परिवेश निम्त्याउने हो ?

लाइभमाण्डु


Loading comments...