बारामा १६ लाख रुपैयाँसहित सैनुल्लाह पक्राउ


बारा । बाराको पचरौतास्थित बेनौली नाकाबाट स्रोत नखुलेको १६ लाख रुपैयाँसहित सिम्रौनगढ नगरपालिका-८ का २३ वर्षीय सैनुल्लाह अन्सारी पक्राउ परेका छन् ।

सशस्त्र प्रहरी बलको गस्ती टोलीले बारा जिल्लाको पचरौता नगरपालिका-७ बेनौलीस्थित सीमा क्षेत्रबाट शुक्रबार उक्त रकमसहित अन्सारीलाई पक्राउ गरेको हो ।

बीआर ०५ एजी ८०७५ नम्बरको भारतीय नम्बर प्लेटको मोटरसाइकलमा सवार अन्सारीलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट बैनौलीबाट खटिए सीमा सुरक्षा टोलीले चेकजाँच गर्दा उनको साथ रहेको रकमको स्रोत खुल्न नसकेपछि उक्त रकमसहित अन्सारीलाई नियन्त्रणमा लिइएको हो ।


Loading comments...