बिवाह प्रमाणपत्रमा कुमारी शव्द हटाँउदै बगंलादेश


निकै लामो समयदेखि बंगलादेशको बिवाह प्रमाणपत्रबाट कुमारी शव्द लाई हटाउन मानव अधिकारकर्मी र गैरसरकारी संस्थाहरुको प्रयास जारी थियो । अटोर्नी जनरल अमित ताउलडाकरले यसै साता उक्त प्रमाणपत्रबाट कुमारी शव्द हटाएर बिवाहति या अबिवाहिता भन्ने शव्द राखिने जनाएका छन् ।

आँउदो अक्टोबर महिनाबाट यो प्रमाणपत्र चलनमा ल्याइनेछ । बंगलादेशी कानुनले बधुलाई ३ श्रेणीमा राखेको पाइन्छ, कुमारी, बिधुवा र एकल महिला, अबबाट कुमारीलाई अबिवाहित शव्दले प्रतिस्थापन गर्ने भएको छ ।

पुरुषहरुको हकमा पनि उपयूक्र्त कुराहरु नै लागु हुनेछ । वकिलहरुको एउटा समुहले सरकार बिरुद्ध यसै बिवाह प्रमाणपत्रको कुरालाई लिएर मुद्धा हालेको थियो, अहिले आएर सरकारले कुमारी शव्दलाई हटाएको छ ।

बंगलादेश विश्वको तेश्रो ठूलो ईस्लामीक देश हो र सन् १९६१ मा कुमारी शव्दलाई बंगाली बैवाहिक प्रमाणपत्रमा ल्याइएको तथ्य पाइन्छ । करिब ९० प्रतिशत बंगाली जनसख्याँ मुसलमान छन् ।

लाइभमाण्डु


Loading comments...