बुद्धको एक प्रेरक प्रसङ्ग


बुद्धले एकजना व्यक्तिलाई सोधे— तिम्रो उमेर कति पुग्यो ?

साठी वर्ष ।

होइन ।

ती व्यक्तिले फेरि भने— भगवान् ! म तपाईंको कुरामा सन्देह गर्न सक्दिनँ र मलाई आफ्नो स्मरण शक्तिमाथि पनि पूरा विश्वास छ । त्यसैले सत्य कुरा भनिदिन अनुरोध गर्छु ।

बुद्धले भने— तिम्रो उमेर एक वर्ष हो ।

ती व्यक्तिले अचम्म मान्दै सोधे— टाउकोको कपाल सेतो भइसक्यो, दाँत झरिसक्यो, मेरो नाति दश वर्षको भैसक्यो, यस्तो अवस्थामा मेरो उमेर एक वर्षको कसरी भयो ?

बुद्धले सविस्तार भने— तिम्रो उनान्साठी वर्ष निरर्थक बित्यो । त्यसको तिमीले कुनै पनि लाभ उठाएनौँ । एक वर्षदेखि तिमी धर्म र सदाचारको साधनामा लागिरहेका छौ, त्यसैले तिम्रो उमेर एक वर्ष हो ।


Loading comments...