बेलायत जान चाहने बिद्यार्थीहरु


बिदेश अध्ययनार्थ जान चाहने बिद्यार्थीहरुले अहिले आफ्नो गन्तव्यको रुपमा बेलायतलाई छानेका छन्। बेलायतले आफ्नो शैक्षिक प्रणाली लाई ब्याबहारिक र अनुसन्धान मुलक बनाउनु, अध्ययनपश्चात् विद्यार्थीहरुलाई विभिन्न सुविधा र उच्चस्तरीय डिग्री प्रदान गर्ने हुँदा अन्तर्राष्ट्रिय विद्यार्थीहरूले बेलायतलाई आफ्नो रोजाईमा पारेका हुन् । अन्तर्राष्ट्रिय मान्यताप्राप्त विश्वविद्यालयहरू बेलायतमा हुनुले पनि विद्यार्थीहरु यसतर्फ आकर्षित भएका हुन् ।गुणस्तरीय शिक्षा, अनौठो संस्कृति, अध्ययनको क्रममा काम गर्न पाउनु र अध्ययन पश्चात post study work को ब्यबस्था भयकाले पनि विद्यार्थीहरु बेलायत तर्फ अध्ययन संग संगै अर्थिक उन्नति का लागी समेत बेलायत लाई शैक्षिक गन्तव्यका रुपमा छान्ने गरेको पाइन्छ।

पछिल्लो समयमा अन्तर्राष्ट्रिय विद्यार्थी र अभिभावक हरू ले बेलायती शैक्षिक पद्धतिलाई मनपराएका छन्। ब्यबहारिक शैक्षिक प्रणाली को जननी बेलायत नै हो विभिन्न अन्तर्राष्ट्रिय क्षेत्रमा बेलायती शिक्षण पद्धतिलाई अवलम्बन गरिएको छ। अङ्ग्रेजी भाषामा अध्ययन अध्यापन हुने हुँदा पनि बेलायती शैक्षिक प्रणालीको परिधि बढेर गएको छ।

करिब पाँच लाख अन्तर्राष्ट्रिय बिधार्थी हरू बेलायत बाहिर नै बेलायती बिश्वबिद्यालय अन्तर्गतका उच्च शिक्षा हासिल गरिरहेका छन्।
यसै विषयमा केन्द्रित रही हब इन्टरनेसनल एजुकेशनले यही नोभेम्बर दश तारिका दिन हब complex बागबजारमा UK Education Fair 2019 आयोजना गर्ने भएको छ। विभिन्न विश्वविद्यालयका प्रतिनिधिहरुबाट प्रत्यक्षरुपमा विद्यार्थीहरूले परामर्श प्राप्त गर्न सकिने हुँदा उक्त शैक्षिक मेलाले विद्यार्थीहरुलाई study in UK का विषयमा पूर्णरुपमा जानकारी प्राप्त गर्न सकिने आयोजकले जानकारी गराएको छ।

University of Uclan, University of West London, University of Swansea ,
University of Oxbridge,
University of Wolverhampton,
University of Law

लगायतका विभिन्न शैक्षिक सस्थाहरुले परामर्श प्रदान गर्नेछन् । उक्त शैक्षिक मेलामा मेलाको पार्टनर समेत रहेको बृटिस काउन्सिलका प्रतिनिधिले IELTS, TEST PREPARATION र बेलायती शैक्षिक प्रणालीका बारेमा जानकारी गराउनु हुने छ ।
उक्त शैक्षिक मेलामा हब इन्टरनेसनल एजुकेशनका समूहले विद्यार्थीहरुलाई बिदेश अध्ययनका लागि आबश्यक प्रकृया, अनुमानित लागत र बिदेश अध्ययनका लागि जानु अधिको तयारी लगायत का विषयमा समेत परामर्श प्रदान गर्नेछन्।
अमेरिका, अष्ट्रेलिया, न्युजिल्यान्ड, युके, इण्डिया लगायतका राष्ट्रमा उच्च शिक्षा हासिल गर्न जाने बिधार्थी हरू लाई उत्कृष्ट परामर्श दिंदै आएको हब ईन्टरनेश्नल एजुकेसनले हब ट्राभल समेत सन्चालनमा ल्याएको छ।


Loading comments...