ब्राह्मणहरु भारत छोड् : जेएनयू विश्वविधालयको एउटा आन्दोलन


जवाहर लाल विश्वविधालय भारतको एउटा स्थापीत अनि एतिहासिक विश्वविधालय हो, यस विश्वविधालयमा बिभिन्न दक्षिण एसियाली देशका नेता अनि राष्ट्रप्रमुखहरुसम्म पढेका छन् । उहाँ अलिक कम्यूनिष्ट अनि समाजवादी बिधार्थीहरु उत्पादन गरिन्छ भन्ने बिभिन्न तर्क अनि प्रमाणहरु पनि छन् । यहाँका बिधार्थीहरुलाई सामन्तवाद र पूजीवादका नकारात्मक पक्षहरुमा केन्द्रित गरेर पढाइने त्यहाँका बिधर्थी स्वयमहरुले पनि बताएका छन् । भर्खरै एउटा फोटो सामाजिक सञ्जालमा भाइरल भयो, ब्राह्मणहरु भारत छाड भनेंर लेखिएको त्यस फोटो जेएनयू विश्वविधालयमा नै राखिएको थियो । बिधार्थीहरु अहिले जेएनयूमा होस्टल शुल्क बढाएको बिरोधमा आन्दोलनरत छन् भनें उनीहरुले विश्वविधालय प्रशासनलाई ब्राह्मण र सामन्तवादनको स्वरुपमा अभिव्यक्त गरिरहेका छन् ।

यदि यो नारा अर्थात ब्राह्मणहरुले भारत छाड भनी कुनै गैर हिन्दुले लेखेको भए के हुन्थयो भन्ने बिधार्थीहरुको तर्क छ अनि उनीहरु केहि त्यस्ता बुद्धिजिवीहरुलाई पनि व्यगं गर्न चाहन्छन् जस्ले अहिले नट माई ईण्डिया लेखेर सामाजिक सञ्जालमा बिरोध जनाइरहेका छन् । अचममको कुरा त के छ भनें बिधार्थीहरुले ब्राह्मणलाई देश छाड भनी ब्राहमणहरुकै समर्थन पनि गरिरहेका छन्, अहिले भारतमा हरेक जात धर्म र समुदायका आवाज र अधिकारको कुरा चल्दा ब्राह्मण मात्र यस्तो समुदाय हो जहाँ भारतीय समाज संरचनाहरुको मुलधारमा आवाज उठेको छैनन । सबै अन्य जात या समुदायले ब्राह्मणको बिरुद्धमा अनि सामन्तीस्वरुपमा ब्राह्मणको मात्र उदहारण दिन्छन् यद्धपी ब्राह्मण समुदाय पनि सिमान्तकृत छन् भन्ने उनीहरुको तर्क छ ।

जेएनयू मा पनि स्पष्ट संगले २ धारका बिधार्थी मतहरु पाइन्छ, भर्खरै जेएनयू भित्रको स्वामी बिवेकानन्दको शालिकलाई टुक्रा टुक्रा पारियो भनें एकजना महिला अध्यापीकाको कपडा च्यातिने गरि महिला बिधार्थीहरुले नै दुवर्यबहार गरेका छन् । आनन्द रगंनाथन नामकका बैज्ञानीकलाई त आफ्नै ल्याबमा जान समेत बिधार्थीहरुले रोकेका थिए । जे होस् अहिले जेएनयू तनावग्रस्त छ भन्ने कुराचाँही स्पष्ट देखिन्छ ।

सुयोग ढकाल
लाइभमाण्डु


Loading comments...