ब्ल्याक होल को खोजि अनि शिवका ३ नेत्रहरु


आधुनिक बैज्ञानिकहरुले ब्ल्याक होलको अनुसन्धान र उत्खनन गर्न थाल्नु भन्दा हजारौं वर्ष अघि शिव पुराण र लिंग पुराणमा ब्ल्याक होल मात्र नभई समग्र सृष्टि चक्र, संसारा समावेश गर्दे शिवमा ३ नेत्रहरुको ब्याख्या गरिदिएका छन् । शिवको दाहिने नेत्र अर्थात अहिलेको ब्रह्माण्डलाई लिन सकियो, अझ सरल रुपमा मिल्की वे ग्याल्याक्सीको मध्यभागमा पर्ने ब्ल्याक होल पृथ्वीका मानिसले पृथ्वीमा बसेर सूर्य र चन्द्र झैं सहजै देख्न सक्दैनन । यो शिवको तेश्रो नेत्र अर्थात प्रलय नेत्र हो, जुन दिन त्यस नेत्र खुल्नेछ त्यसदिन प्रलय हुनेछ र त्यस होल भित्रको सर्वोच्च गुरुत्ववलले पृथ्वी लगायत सम्पूर्ण खगोलीय पिण्डहरुलाई आफुमा तानिदिनेछ । त्यहाँ उपलब्ध अत्याधिक गुरुत्व बलका कारण प्रकाश पनि बाहिरिन सक्दैन ।यति धेरै शक्तिका खानी र सर्वोच्च सृष्टिकर्ता र विलयकर्ता अरु कोही नभएर भगवान शिव हुनुहुन्छ । पृथ्वीवासीले अल्लाह, जिसस, शिव लगायत बिभिन्न नामले पुकारा गरेपनि सर्वोच्च शक्तिका स्वामी भगवान शिवका महिमा र ब्रह्मा, बिष्णु अनि स्वयम शिव अर्थात महेश्वरको लिलाहरु आज हरेक वैज्ञानीक आविष्कारका अन्तकुन्तर भेटिन थालेका छन् ।

भगवान आफैमा स्वरुप हैनन, शक्ति र सत्यको उपासना नै भगवान तत्वको आत्मसाथ हो चाहे जुनसुकै नाम या प्रकारले किन नहोस ?
वेदमा पनि सौर्य मण्डलका हरेक ग्रह र उपग्रहहरुलाई शक्ति प्रदान गर्ने सर्वोच्च शक्ति प्रदायक ग्यालेटिक सेन्टरको निकै चर्चा पाइन्छ, यि कुराहरुमा सर्वप्रथम यस सौर्य मण्डलको केन्द्रभाग, यस ग्यालेक्सीको केन्द्र भाग र ग्यालेटिक सेन्टर पर्दछन् । यि तिन कुराहरु जो केन्द्रविन्दु भएर शक्ति सञ्चय र उत्पादन गर्दैछन् तिनवटै कुराहरु स्पष्टसंग ब्रह्मा, विष्णु र महेश्वरको अवधारणा र महिमासंग मेल खान्छ ।

ब्ल्याक होल भनेकै शिवको प्रलय नेत्र हो, एउटा ताराले जब आफुमा भएको सम्पूर्ण प्रकाश उपभोग गरेर अन्धकार गोलो भएर बस्दछ त्यो नै ब्ल्याक होल हो । बैज्ञानिक रुपमा सम्पूर्ण हाईड्रोजन बलेर हिलियम भएपछि ब्ल्याक होलको सृजना हुन्छ, गुरुत्व वलले यस्ता होललाई बिच भागमा खाली बनाएर राख्दछ र यस्ता होल उजागर भएमा पृथ्वी लगायत कैयन ग्रहहरु हजारौं वर्षसम्म त्यसैभित्र हराउने गर्दछन् । यो क्षेत्रलाई अन्तरिक्ष वैज्ञानिकहरूले प्वाइन्ट अफ नो रिटर्न को संज्ञा दिएका छन । यी होलहरु आधुनिक बिज्ञानले पत्ता लगाउको हजारौं वर्ष अघि नै तपस्वी अनि शिव उपासकले पत्ता लगाएर वेद अनि पुराणहरुमा लिपीवद्ध गरेका छन् ।

केहि दशक अघिदेखि रेडियो टेलीस्कोपको प्रोयोग गरी बैज्ञानिकहरुले यो होलको खोजि कार्य थालनी गरेका हुन्, अहिले भर्खरै ग्यालेक्टीक सेन्टरमा एउटा ठूलो अनि स-साना अन्य ब्ल्याक होलहरु पत्ता लगाएको तस्वीरहरु आएका छन् । तथापि यि कुराहरु त हजारौं वर्ष अघिका शिव पुराण, वेद र लिंग पुराणहरुमा लेखिएकै छ । यी ब्ल्याक होलहरु नयाँ ताराहरु जन्मने, मर्ने र ब्ल्याक होल बन्ने श्रृंखलाहरु अनवरत चलिरहेको वैज्ञानिकहरुले बताएका छन् । शिवको तेश्रो नेत्र को बिम्ब यी ब्ल्याक होलहरु ब्रह्माण्डका सर्वाधिक विशाल अनि गुरुत्व बलका पुञ्जहरु हुन् ।

ॐ नमो भगवते रुद्राय
ॐ तत्पुरुषाय विद्महे महादेवाय धीमहि तन्नो रुद्रः प्रचोदयात
ॐ त्र्यम्बकम् यजामहे सुगन्धिम् पुष्टिवर्धनम्, उर्वारूकमिव बन्धनान् मृत्योर्मुक्षीय मा मृतात् ।
ॐ नमः शिवाय


Loading comments...