भगवान रामका सन्ततीहरु आज कहाँ छन त?


रघुवंशिय रामको इतिहास भारतवर्षसँग जोडिएको छ, रावणका सन्ततीहरुले रावणको श्राद्ध हरेकवर्ष बिजया दशमीका दिन गर्ने तथ्य पनि फेला पर्यो यद्धपी रामका सन्ततीहरुको स्थान अनि अवस्था निर्धारण भने गरिएको थिएन । बाबरी मस्जिद केसमा अदालतले सुनुवाईका क्रममा एकफेर रामका सन्ततीहरु भए भेला गर भन्ने आदेश पनि दिएको थियो तर त्यस मुद्दा रामका सन्ततीले नभई रामका अनुयायीहरुले लडिरहेका थिए । आउनुहोस् आज हामी रामका सन्तती अर्थात लव अनि कुशका पुस्ताहरुको उजागर गर्न जाँदैछौं ।

suyog dhakal
लेखकः सुयोग ढकाल

भारतीय जनता पार्टीबाट राजसामन्द भन्ने ठाँउमा मुख्य मन्त्री भएकी दिव्या कुमारीले आफ्नो पुर्खाहरुको पहिचान गर्दै जाँदा कुशका सन्ततीहरु भएको बताएकी छिन् । उनी जयपुरकी अपदस्त राजपरिवारकी पूर्व राजकुमारी पनि हुन् । हुन त अयोध्याको राम मन्दिर र परिसरको शदियौं देखि ख्याल राख्ने दायित्व चाँही जयपुरका राजपरिवारले नै उठाइरहेको प्रमाणित इतिहास छ । जयपुरका राजपरिवारले यस समबन्धी आधिकारिक कागजातहरु नै अदालतमा सन् १९९० को शुरुवाती ताकाको वहसका क्रममा नै बुझाएका हुन् ।

उता मेवारका राजपरिवारले चाँही आफूहरु रामका अर्का पुत्र लवका सन्तती भएको बताउँदै आएका छन् । जयपुर र मेवार दुबै रामकै वंश सूर्यवंशी वंशका राजपरिवार हुन्, अरु वशहरु जस्तै रघुवंशी र राघवहरुले पनि आफूहरु रामको सन्तती रहेको दावी गरेका छन् । यो रामको सन्नती केलाउने काम उति चर्चाम आउने थिएन होला तर अदालतको सूनुवाईका दौरान ३० भन्दा बढि वर्षहरुमा रामका सन्नती पहिचान र वादी प्रतिवादीको निर्धारणार्थ भएका वहसहरुमा यी कुराहरुले चर्चा पाए ।

म यहाँ भारतका इतिहास परितोष परासरको पनि खाजलाई ल्याउन चाहन्छु जसमा यिनले दशम ग्रन्थको बचित्तर नाटकलाई उदृत गर्दै गुरु नानक, गुरु गोबिन्द सिंह र सोधी गुरु साइवनलाई पनि रामको सन्तती भएको तथ्यहरु ल्याएका छन् । रामका सन्ततीको यस बिवाद अनि हानाथाप एक ठाँउमा छ अनि अर्को ठाँउमा राम मन्दिर केसको अन्तिम निर्णय छ । रामको सन्तती भन्दा पनि अनुयायी अनि मर्यादाप्रेमको पथ पालना गर्नु नै आजको आवश्यक्ता हो ।


Loading comments...