भाइरल फिभर (Viral Fever) ले हुने रुघाखोकीमा सावधानी आवश्यक


ज्वरो आउने, जिउ दुख्ने, टाउको दुख्ने, घाँटी दुख्ने, आवाज घोक्रो हुने, रुघा लाग्ने, नाक बन्द हुने, छालामा डाबर आउने, आखा रातो हुने आदि भाइरल फिभरका लक्षणहरु हुन् । भाइरल फिभर आफै ठीक भइहाल्छ । यस्तो बेलामा आराम गर्ने, प्रशस्त तातो झोल पदार्थ खाने, धुलोमा नजाने, अस्पतालमा संक्रमण भएमा बिरामी नजिक नजाने जस्ता सावधानीहरु अपनाउनुपर्छ । ज्वरोको लागि पारासिटामोल मात्रै खाने र अरु कुनै पनि औषधिको प्रयोग नगर्नु राम्रो हुन्छ ।

डा. ओम मुर्ति अनिल
मुटुरोग विशेषज्ञ

भाइरल फिभर केही दिनमा आफै ठीक हुन्छ । त्यसैले रुघाको औषधि वा एन्टीबायोटिकको प्रयोग गर्नु आवश्याक हुदैन । यसको प्रयोगले उल्टै हानी गर्नसक्छ । त्यसैले भाइरल फिभरको शंका भएमा चिकित्सकको परामर्श लिएपछि मात्रै औषधि खाने गर्नुपर्छ । रुखा लागेको दिनदेखि नै एन्टिबायोटिक खानु स्वास्थ्यको लागि नराम्रो हुन्छ । यस्तो धारणा र प्रचलनलाई निरुत्साहित गर्नुपर्छ ।


Loading comments...