भारतीय मतदानका सबैभन्दा धनी र सबैभन्दा गरिब उम्मेदवारहरु


भारतीय लोकसभाको चुनावमा प्रथमपटक गैर कांग्रेसी उम्मेदवार दोश्रो कार्यकालका लागि निर्वाचीत भएका छन्, भारतमा नरेन्द्र मोदीको प्रशंसा र मतले अहिले पुरै विश्व चकित छ ।

यस वर्षको चुनावका केहि रोचक तथ्यहरु ।
१, कूल ९ अर्व मतदाताहरु रहेका थिए, पुरै यूरोप र ब्राजिलको जनसंख्या मिसाएर मात्र त्यो केवल एक देश भारतको मतदाताहरुको संख्या हुन जान्छ ।

२, यसवर्षको भारतीय लोकसभाको चुनावमा करिब ८ दशमलव ५ करोड जनसंख्याले प्रथम पटक भोट दिएका थिए ।

३, केवल १८ र १९ वर्ष मात्रका पहिलो पटकको मतदान गर्ने मतदाताको संख्या १ दशमलव ५ करोड थियो ।

४, यसपटकको प्रथम चरणको मतदानमा सबै भन्दा धनी उम्मेदवार के भी रेड्डी थिए । उन्को कूल सम्पती ८९५ करोड भारतीय रुपैंया थियो । उनी तेलागंना बाट उठेका हुन् र कांग्रेस आईका उम्मेदवार हुन् ।

५, सबैभन्दा गरिब उम्मेदवार भनें नल्ल कुमार हुन् । तेलागंनाकै यि उम्मेदवारको कूल सम्पती केवल रु५०० भारतीय रुपैंया थियो । उनी जेडियूका उम्मेदवार हुन् । के भी रेड्डी र नल्ल कुमार एकै ठाँउमा एउटै पदका लागि लडेका हुन् ।

६, भारतको हिमांचल प्रदेशको १२२५६ फिट माथिको टासिगांग मतदान केन्द्र विश्वको सर्वाधिक उचाईको मतदान केन्द्र सावित भएको छ ।

लाइभमाण्डु


Loading comments...