मस्जिद प्रार्थना गर्न जानलाई कर तिर्नुपर्ने


भगवानलाई प्रार्थना गर्न जाँदा या दर्शन गर्न जाँदा कर तिर्नु पर्ने या अनिवार्य पैसो तिर्नुपर्ने हुँदा यहाँहरुलाई कस्तो लाग्छ ? यस्तै एउटा घटना घटेको छ र अहिले विश्वभरिका आस्तिक जनसंख्याले यस घटनाको निकै विरोध पनि जनाइरहेका छन् । घटना यमनको हो जहाँ हाउथी आन्दोलनकारीहरुको निकै दबदबा छ । यमनको साना मस्जिद निकै चर्चित र धेरैजना प्रार्थना गर्न जाने मस्जिद हो तर यहाँ अब प्रार्थना गर्न जाँदा हाउथी आन्दोलनकारीहरुलाई रकम तिर्न पर्ने नियम लागेको छ । यस मस्जिदमा बिहान सवेरै प्रार्थना गर्न जानेहरुले १०० यमनी रियाल अर्थात नेपाली लगभग ४० रुपैयाँ एकहप्ताको र हप्ताभरि शुक्रवारको जुम्मा पनि पाठ गर्नेहरुले एकमुष्ठ रुपमा हप्ताको ५० यमनी रियाल लगभग ५५ नेपाली रुपैयाँ तिर्नुपर्ने नियम छ । यस रकम चाँही हाउथी बिद्रोहीहरुले आफ्ना हतियार, बिजुली, खानेपानी र अन्य अभियानका लागि खर्च गर्ने बताएको छ ।

रमादानको महिनाभरि प्रार्थना गरेको पनि १०० यमनी रियाल लाग्ने नियम हाउथी नेतृत्वले गरेका छन् । एकमहिनाका लागि ४००० उमनी रियाल अर्थात नेपाली रुपैंयामा लगभग १७०० रुपैयाँ जति पर्दछ । कोही मृतकको परिवार अन्तेष्ठिका लागि मस्जिद जान चाहन्छ भनें मृतकको आफन्त भएको प्रमण लिएर पुगेको खण्डमा उनीहरुलाई प्रथम पटक निशुल्क जान दिइने पनि हाउथीहरुको विज्ञप्तीमा जनाइएको छ ।

यमन सरकार भनें यो पाप भएको र इतिहासमा कहिल्यै मस्जिदमा जान शुल्क तिर्नपर्ने प्रावधान नभएको बताँउदछ यद्धपि हाउथी बिद्रोहीको नियन्त्रणका क्षेत्रमा भनें सरकारको खासै केहि उपस्थिती छैन ।


Loading comments...