महत्वपूर्ण यी भनाइ, जसले बदल्नेछ तपाईको जीवन


जुन दिन तपाई आफ्नो पूरा जिम्मेवारी लिनु हुन्छ, जुन दिन तपाई बहाना बनाउन बन्द गर्नुहुन्छ, त्यसै दिन तपाई शिखरतिरको यात्रा थाल्नुहुन्छ ।
– ओ.जे. सिम्पसन

अब यो सोच्ने समय होइन कि तपाईसँग के छैन । यो तपाईहरूसँग जे जति छ यसबाट तपाई के गर्न सक्नुहुन्छ ।
– अर्नेष्ट हेमिंग्वे

जसले एक घण्टा मात्रै पनि समय बर्बाद गर्दछ भने उसले जिन्दगिको मुल्य बुझेको छैन ।
– चार्ल्स डार्विन

कोशिश नगरेसम्म कसैलाई पनि मैले के गर्न सक्छु भन्ने थाहा हुँदैन ।
– पब्लिलिएस साइरस

जित्ने मान्छे त्यही हो जसलाई मैले जित्न सक्छु भन्ने विश्वास छ ।
– राल्फ वाल्डो इमर्सन

भगवानले हामी कति काम गर्छौ भन्ने कुरा हेर्दैनन्, उनले त त्यो कामलाई कति प्रेमका साथ गर्छौ भन्ने हेर्छन् ।
– मदर टेरेसा

हामी मध्य हरेकको दिमागमा करोडौँ डलरको विचार भरिएको छ । समस्या यो हो कि प्रायः मानिसहरूलाई यो विचारलाई करोडौं डलरमा कसरी बदल्ने भन्ने थाहा छैन ।
– रोबर्ट कियोसाकी

जुन कुरा मुटु देखि निस्कन्छ त्यही कुरा नै मुटुसम्म नै पुग्दछ ।
– स्यामुएल टेलर कलरीज

बाधा जति ठुलो हुन्छ, त्यसलाई पार गरेपछिको प्रसिद्धि पनि त्यति नै ठुलो हुन्छ । सक्षम जहाज चालक भयानक तुफानमा नै क्षमता विकास गर्छ ।
– एपिक्युरस

दुनियाँको समस्या यो हो कि मुर्खहरुमा गजवको आत्मविश्वास हुन्छ र बुद्धिमान व्यक्ती शंकाले भरिएको हुन्छ ।
– बर्ट्रेन्ड रसेल

सबै मानिस महान् हुनसक्छन् किनकि सबै व्यक्तिले सेवा गर्न सक्छन् । सेवा गर्नका लागि तपाईसँग कलेजको डिग्री हुनुपर्छ भन्ने छैन । सेवा गर्नका लागि व्याकरणको क्रिया र कर्ता र गणितका सूत्रहरू जान्नैपर्छ भन्ने छैन । आवश्यक पर्छ त सिर्फ दयाले भरिएको मनको आवश्यकता पर्छ, प्रेमले परिपूर्ण आत्माको जरूरत हुन्छ ।
– मार्टिन लुथर किंग, जुनियर

जसले समस्याको उपयोग गर्न सक्छ उसले महानतालाई छुन सक्छ ।
– नेल्सन मण्डेला

हामीभित्र के छ भन्ने कुरासित तुलना गर्ने हो भने हाम्रा अगाडि र पछाडी भएका सारा कुरा तुच्छ हुन्छन् ।
– राल्फ वाल्डो इमर्सन

लगातार पर्ने पानीले कठोर ढुंगालाई समेत खियाउछ ।
– विलयम शेक्सपियर

मेरो सफलताको एउटै कारण भन्नुपर्दा कुनै पनि बाहाना नबनाउनु हो ।
– फ्लोरेन्स नाइटिंगेल


Loading comments...