महिनावारीको इमोजी अब स्मार्टफोनमा


विश्वभरि नै महिनावारीको बिषयमा बिशेष वकालत र यस मुद्धालाई धेरै भन्दा धेरै आवाज र अनुहार दिने कार्यहरु भइरहेका छन् । एकातिर सामान्य मानिएको एउटा प्रक्रिया भनिएपनि अर्कोतर्फ विश्व सुमदायले महिनावारीमा असामान्य मुद्धा अनि आवाजहरु बिकास गरिरहेको देखिन्छ ।

यसैक्रममा अब महिनावारी बिषयमा स्मार्टफोनमा इमोजी  ल्याउने भएको जानकारी आएको छ । सहजैसंग महिनावारीको बिषयमा बात गर्न, जानकारी दिन र जानकारी गराउन एक क्लीक कै भरमा खुशी, दु:खी लगायतका भावनाहरु उजागर गर्न राखिएका मानवका झैं अनुहारका ईमोजी संकेतहरु अब महिनावारी बिषयमा पनि आउने भएको छ । रातो र बाक्लो रगतको झैं देखिने एउटा थोपा रगत भएको यो ईमोजी अहिले निकै बिवाद अनि प्रतिक्षामा परेको जनाइन्छ ।

महिनावारीलाई आँउदा पुस्ताका लागि कुनै जोक या रहस्य वा अव्यक्त कुरा नहोस् भनेंर देखाउन अनि संझाउन पनि यो ईमोजी बनाइएको बताइन्छ । यसले गर्दा अब महिनावारी र त्यसताकाको हेरचाह अनि समानताका लागि पैरवी हुने पनि बताइन्छ ।

लाइभमाण्डु


Loading comments...