महेन्द्र चोक बिनाको बिराटनगर


चोक र चौराहामा शहरको इतिहास लुकेको हुन्छ अनि यादहरु पनि । भनिन्छ नि कोशेढुगांहरु त्यस्तै याद र परिवृतिका कोशेढुगांहरु शहरका कुना कन्दरा अनि चोकहरुमा लुकेको हुन्छ ।

बुटवलको ट्राफिक चोक, सौराहाको राइनो चोक, इटहरीको बिरेन्द्र चोक होस या न्यूयोर्कको टाइम्स स्क्वायर या बैकंकको खोउसागं या एम्सटरड्यामको सेन्ट्रल । बिराटनगरको महेन्द्र चोक राजाको शालिक भन्दा पनि अरु धेरै कुराहरु कैयन पुस्ताको मानसपटलमा बसेको छ, दुख्खद कुरा यो मानसपटलको कोशेढुगांलाई अहिले भत्काइयो । बसपार्क झर्न अगाडि महेन्द्र चोक भनेंर गाडीमा सहचालकले ठटाएपछि सबैको मनमा अब आयो झर्ने ठाँउ भन्ने हुन्थ्यो । अझै ज्यूँदै छन कति पुस्ताहरु जस्ले बिराटनगरका हरेक ठाँउको हवस्थिती बुझ्न महेन्द्र चोकको रिफरेन्स लिएका हुन्छन्, हराएका कति जनाले आफू महेन्द्र चोकमा आएपछि बाटो पहिल्याउन थाल्दथे । म स्वयमले पनि जनआन्दोलनमा त्यसै चोक छेउमा ड्रममाथि उभिएर कविता भनेंको हुँ, इतिहासका कालखण्ड देखि वर्तमानका आधारशिलाहरुमा राष्ट्रिय अन्तराष्ट्रिय बिधार्थी उत्पादन गरेको महेन्द्र मोरगं क्याम्पसको रुपरेखाको रिफरेन्स प्वाइन्ट यस चोकलाई नगरपालिकाले कुन आँट अनि स्वतन्त्रताका साथ हटाउने चेष्टा गरेको हो ?

चोकसंगको घृणा हो या चोकको प्रतिको बितृष्णा ? बिराटनगरवासीलाई यो चोक त सदासर्वदा प्यारो नै छ । शहरको इतिहास बोकेर अदम्य अटल उभिएको यस संरचनाले बताएका इतिहासका बृतान्तहरु नगरपालिका पदाधिकारीहरुले सुन्न जरुरी छैन र ?
नेपाली प्रजातन्त्रमा बिराटनगरको योगदान जुटमिल्स देखि रेडियो नेपालको टावर सम्म यसै स्थानबाट संभवत यसै चोकलाई साक्षी राख्दै भएका हैनन र ?

धरहारा बिनाको काठमाण्डौ देखेर सुस्ताएका आँखाहरुलाई सान्तवना दिने मोफसलका चोकहरु किन हटाइदैछ ? बरु सबैजना मिलेर बनाउन जरुरी छ, इतिहासलाई शिलालेखमा राखिन जरुरी छ तर शहर प्रशसन चोक हटाएर कालोपत्र लगाउन किन मरिहत्ते गर्दैछ ?

सुयोग ढकाल


Loading comments...