changa chet

माधव वाग्ले इज ब्याकः ठग्स अफ हिन्दुस्तानको “चङ्गाचेट”


भारतमा भर्खरै एउटा वहुप्रतिक्षित चलचित्र रिलिज भएको छ, ठग्स अफ हिन्दुस्तान । अमिताव वच्चन, आमीर खान र कट्रिना कैफ लगायत अन्य थुप्रै दिग्गज कलाकारको अभिनय, १८ औं शताव्दीको बिषयवस्तु अनि मनग्य लगानी गरेर बनाइएको यस चलचित्रले दर्शकको अपेक्षा, क्रिटिक्सको आश अनि कलाकारको साख सबैमा पानी फेरिदिएको छ ।

तिहारको समयमा रिलीज गरिएको यो चलचित्र संग दर्शकलाई धेरै अपेक्षा थियो र बक्सअफिसमा बमवार्ड कलेक्शन गर्ने अपेक्षा पनि नभएको हैन तथापी कमजोर निर्देशन, फितलो भीएफएक्स, कमजोर पटकथा अनि थोरै रिसर्चका कारण चलचित्र धेरै ठाँउमा चिप्लेको क्रिटिक्सहरुको ठम्याई छ ।

अब कुरा गरौं नेपालमा अनि नेपाली चलचित्रमा यस कुराले पारेको एउटा प्रभावका बारेमा जहाँ नेपाली एकजना चलचित्र कर्मीले यस भारतीय चलचित्रको खस्कँदो ब्यापारको भरपुर फाईदा उठाएका छन् ।

नेपाली चलचित्रहरु भारतीय चलचित्रको रिलीज डेट अनि बितरण प्रणालीबाट आफ्नै भूमिमा आँफै बिभिन्न तवरले प्रताडित भएको इतिहास छ । तर यसपाला भने यस कुरा गलत सावित भएको छ । ठग्स अफ हिन्दुस्तानले धुलो चाटेपछि उक्त चलचित्र हेर्न जाने दर्शकको सख्याँ उल्लेखनिय रुपमा घटेको छ । शुक्रबारकै दिन अर्थात रिलीज भएकै दिन पनि अपेक्षाकृत कम आम्दानी गरेको यस चलचित्रले क्रमश ब्यापारमा धुलो चाट्दै गयो । नेपालमा पनि स्वभावत यस चलचित्र हेर्न जाने दर्शक र ठग्स अफ हिन्दुस्तानको क्रेज खासै भएन जसका कारणले चलचित्र घरहरुमा समानान्तर लागेको अर्को नेपाली चलचित्र चङ्गा चेटले दर्शकको लाम तान्न, मन जित्न अनि आम्दानी गर्न सफल भएको छ ।

ठग्स अफ हिन्दुस्तानको नेगेटिभ रिभ्यूज र वास्तवमैं दर्शक उल्लू बनाउने स्टारकास्टलाई डोमिनेट गर्दै चङ्गाचेटले मल्टिप्लेक्स तथा सिंगल स्क्रिनमा ठग्सको महत्वपूर्ण शोहरु धमाधम लुट्दै र अत्याधिक शो टाइम लिन सफल भएको छ ।

प्रियंका कार्की, आयुश्मान देशराज जोशी, रविन्द्र झा, सन्दिप क्षेत्रि, सुरक्षा पन्त र रिचा शर्मा लगायतकाको अभिनय रहेको यस चलचित्र कार्तिक १६ अर्थात नोभेम्बर २ तारिख गते बाट रिलीज भएको हो । रिलीज डेट को ठ्याक्कै ६ दिन पछि नोभेम्बर ८ मा बिग बजेटको भिमकाय चलचित्र ठग्स अफ हिन्दुस्तान रिलिज भएको हो । भारतीय चलचित्रको रिलीज डेट संग नेपाली चलचित्र डराएर आफ्नै देशमा दर्शकको कम माया पाउने चलनका कारण केही चलचित्र पण्डितले चङ्गाचेट लाई अफठेरो अवस्थामा रिलीज भएको मानेता पनि यस पाला नेपालमा इतिहासको घडी उल्टो घुमेको भने अवश्य हो ।

दिपेन्द्र के खनालको निर्देशन रहेको अनि निर्माता माधव वाग्लेको निर्माण रहेको यस चलचित्र लक्की मात्र नभएर गुणस्तर अनि दर्शकको मन समेत जित्ने खालको भएको रिभ्यू आइरहेको प्रर्दशन टिमले बताएको छ ।

शोहरु अझै थपिदैछन् हामी दर्शकको माया र हौसलालाई धन्यवाद दिन चाहन्छौं । नेपाली सिने जगतले यो भिडन्तलाई सदियौं सम्झने लायक बनाउन चाहन्छौं की बलिउडका महानायक अमिताभ बच्चन र मिस्टर पर्फेक्टनिष्ट आमीर खानको नेपाली बजारबाट चङ्गा चेट गर्ने काम गर्योः निर्माता माधव वाग्लेले लाइभमाण्डूसंगको कुराको क्रममा भन्नुभयो ।

जे होस चलचित्र बिग बजेट र स्टारकास्ट ले मात्र नभई मौलिकता अनि कथावस्तुको गुणस्तरका कारणले पनि चल्दछ भन्ने कुरा चङ्गाचेटले स्थापीत र प्रमाणित गरिदिएको छ ।
शुभकामना चङ्गाचेटलाई


Loading comments...