Elon Musk

मानिसको मष्तिष्कमा चिप राख्ने प्रविधिको विकास हुँदै


काठमाडौं – टेस्लाका प्रमुख इलन मस्कले केही वर्षभित्रै मानिसको मष्तिष्कमा चिप राख्न मिल्ने प्रविधिको विकास गरिसक्ने दावी गरेका छन् । उक्त चिप मष्तिष्कमा राखेर परीक्षण सफल भए त्यसपछि भाषाको उपयोगिता नै समाप्त हुने उनको दावी छ ।

बिजनेश इन साइडर साइटमा प्रकाशित समाचारमा ब्याट्रीबाट चल्ने उक्त चिपले मष्तिष्कको जुनसुकै क्षेत्रमा पनि सञ्चार गर्न सक्ने तथा कमजोर दृष्टि क्षमताको उपचार गर्न पनि सहयोगी हुने उल्लेख गरिएको छ ।

सुरुवातमा उक्त चिपले ब्रेन इन्जुरी तथा मानसिक असन्तुलनको उपचारमा केन्द्रित हुने भए पनि पछि त्यसले थुप्रै काम गर्न सक्ने उनले बताएका छन् ।

 

यो पनि पढौं


Loading comments...