मालपोत कार्यालय साँखु, काठमाडौंका नायब सुब्बा तथा लेखापढी व्यवसायी अख्तियारको नियन्त्रणमा


मालपोत कार्यालय साँखु, काठमाडौंका नायव सुब्बा रामेश्वर कुईकेलले लेखापढी व्यवसायी श्रीराम सापकोटासँग दृष्टी बन्दकको लिखत पास गरे बापत घुस/रिसवत लिदैं गर्दाको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टङ्गालबाट खटिई गएको टोलीले निज नायव सुब्बा रामेश्वर कुईकेल र लेखापढी व्यवसायी श्रीराम सापकोटालाई उक्त रकमसहित नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानको सिलसिलामा नायब सुब्बा रामेश्वर कुईकेलले लेखापढी व्यवसायी श्रीराम सापकोटासँग घुस/रिसवत माग गरी लिइसकेको अवस्थामा निजबाट रकम बरामद भएको खुल्न आई निज रामेश्वर कुईकेलले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर अपराध गरेको देखिंदा बिगो रु. ५५,०००।– (पचपन्न हजार) कायम गरी निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (ग) बमोजिम सजायको मागदाबी लिने र लेखापढी व्यवसायी श्रीराम रापकोटाले घुस/रिसवत माग गर्ने नायब सुब्बा रामेश्वर कुईकेललाई घुस/रिसवत दिइसकेको अवस्थामा निजलाई नियन्त्रणमा लिई उक्त रकम बरामद भएको खुल्न आई निज लेखापढी व्यवसायीले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (३) बमोजिमको कसुर गरेको स-प्रमाण पुष्टी हुन आएको हुँदा निज श्रीराम सापकोटालाई बिगो रु. ५५,०००।– कायम गरी सोही दफा ३ को उपदफा (३) ले निर्देश गरेबमोजिम ऐ.ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (ग) बमोजिम सजाय हुन र रामेश्वर कुईकेलको साथबाट बरामद भएको घुस/रिसवतबापतको रकम भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ उपदफा (१) बमोजिम जफत हुनसमेत मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको बेहोरा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाद्वारा अदुअआको आधिकारीक वेबसाइटमा जारी प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।


Loading comments...