मुसहर समुदायको समग्र उत्थान अभियान अझ सशक्त बन्दै


काठमाण्डौ । पुस्तौ देखि चरम गरिबी, रोग, भोक, शोक, अन्याय, अभाव, अत्याचार र अमानवीय जीवन जिउन बाध्य मुसहर समुदायको समग्र उत्थानको लागि सन् २००९ देखि शक्तिहिनको सशक्तिकरण अभियान संचालन गरि रहेको भोरले यस अभियानलाई अझ बढी सशक्त र प्रभावकारी बनाउन प्रदेश तथा जिल्ला संयोजक तय गरेको छ ।

भोरको वर्तमान अध्यक्ष पचुलाल माझी मुसहरको संयोजकत्वमा सन् २००९ देखि अहिले सम्म यो अभियान संचालन भई रहेको थियो । केही महिना अगाडी पचुलाल माझी मुसहर भोरको अध्यक्ष भए पश्चात शक्तिहिनको सशक्तिकरणः मुसहर समुदायको समग्र उत्थान अभियानको नेतृत्व हस्तान्तरण गर्ने निर्णय भोरले गरेको छ । यस अभियानको नेतृत्व हस्तान्तरण संगै अभियानलाई अझ सशक्त र बढी प्रभावकारी बनाउन अभियानको राष्ट्रिय, प्रदेश तथा जिल्ला संयोजकहरु भोरले तोकेको छ ।

जसको सवाल उसको नेतृत्व सिद्धान्तमा विस्वास गर्ने भोरले शुरु देखिनै मुसहर समुदायको युवा तथा अगुवाहरुको क्षमता अभिवृद्धि तथा सुदृढिकरण गर्दै कार्यक्रमहरु मार्फत नेतृत्व सबलीकरण गर्दै आएको छ । भोरको नेतृत्वमा संचालन भई रहेको अन्य सबै अभियान जस्तै यस अभियानको मानव संसाधन स्वंय सेवा एवम सामाजिक परोपकारको सिद्धान्त अनुसार नै परिचालन भई रहेका अर्को महत्वपूर्ण पक्ष हो । जस अन्तरगत यस अभियानका तोकिएको राष्ट्रिय, प्रदेश र जिल्ला संयोजकहरु स्वंयसेवकको रुपमा निःशुल्क रुपमा कार्य गर्छन ।

शक्तिहिनको सशक्तिकरण मुसहर समुदायको समग्र उत्थान अभियानलाई अझै सशक्त तथा प्रभावकारी बनाउन तपसिल अनुसारको राष्ट्रिय, प्रदेश र जिल्ला संयोजकहरु तोकिएको छ ।
१. राष्ट्रिय संयोजक — अनुप माझी
२. सुचना प्रविधी प्राविधिक संयोजक — राज कुमार सदाय
१. प्रदेश १ संयोजक — सुदेशी रिषिदेव
२. प्रदेश १ संयोजक — भावना रिषिदेव
१. प्रदेश २ संयोजक — धनिर सदाय
२. प्रदेश २ संयोजक — सलिता सदा
१. प्रदेश ३ संयोजक — सुन्दर सदा
१. पर्सा जिल्ला संयोजक — सनोज माझी
२. बारा जिल्ला संयोजक — अस्मिता कुमारी माझी
३. रौतहट जिल्ला संयोजक — नथुनी माझी
४. सर्लाही जिल्ला संयोजक — महेश माझी
५. महोतरी जिल्ला संयोजक — रामबेचन सदा
६. धनुषा जिल्ला संयोजक — विजय सदा र अजय सदा
७. सिरहा जिल्ला संयोजक — सुनिल सदा
८. सप्तरी जिल्ला संयोजक — जयकान्त रिषिदेव र प्रविण सदा
९. सुनसरी जिल्ला संयोजक — सुरज सदा
१०. सुनसरी जिल्ला संयोजक — रामचन्द्र रिषिदेव
११. मोरङ्ग जिल्ला संयोजक — उषा रिषिदेव
१२. झापा जिल्ला संयोजक — रेखा रिषिदेव
१२. उदयपुर जिल्ला संयोजक — बनहु सदा
१३. सिन्धुली जिल्ला संयोजक — हरिलाल मुसहर

शक्तिहिनको सशक्तिकरण मुसहर समुदायको समग्र उत्थान अभियानको अबको कार्यहरु वहांहरुको सहजीकरण तथा संयोजनमा अगाडी बढाइने छ । नव नियूक्त संयोजकहरुको अभिमुखिकरण तथा योजना निर्माणको लागि भर्चुअल बैठक असोज महिना भित्र संचालन गरिनेछ । सो बैठक पछि यस अभियानको अगामी तीन वर्षको कार्य योजनाको अन्तिम रुप दिई सार्वजनीक गरिनेछ र कार्यान्वयनमा लगिनेछ, भोरका अध्यक्ष पचुलाल माझीले बताए ।


Loading comments...