मुसहर, डोम र चमार समुदायका विधार्थीहरुको छात्रवृत्तिको अवस्थाः न राधा के नौ मन घिउ होइहे, न राधा नचिहे


सम्भवतः नेपालको इतिहासमा पहिलो पल्ट यत्रो ठुलो मन्च “किशोर किशोरीको स्वास्थ्य र विकास विषय पहिलो राष्ट्रिय सम्मेलन, काठमाडौं”मा सन् २०१६ को उदघाटन सत्रको मुख्य वक्ता (किनोट स्पीकर) को रुपमा आफनो मुसहर, डोम र चमार समुदायका विधार्थीहरुका समस्या र राज्यको नितिका विषयमा प्रस्तुतीकरण दिएका थिए, सिरहाका बसन्त सदा मुुसहरले ।

प्रस्तुत छ सदाले प्रस्तुत गर्नुभएको वहाँको मन्तव्यः
यहाँहरुले नै दिनाभद्री छात्रवृति कोषमा गर्नु भएको सहयोग र भोरको सहजीकरण तथा प्राविधिक सहयोग मार्फत उच्च शिक्षा (कक्षा ११ र १२) अध्य्यन गर्न सफल हुनु भएको थियो बसन्त र वहाँ जस्तो २५० भन्दा बढी मुसहर विधार्थीहरुले । हाल बसन्त सदा नेपाल प्रहरीमा जागीर प्राप्त गरेर देश र जनताको सेवारत हुनुहुन्छ ।

अहिले पनि सयौं मुसहर विधार्थीेहरु चरम आर्थिक कठिनाईको सामना गर्दै जसो तसो एसईइ उतिर्ण गरेर आर्थिक अभावका कारण उच्च शिक्षा अध्य्यन गर्न बञ्चित भई रहेका छन् । प्रदेश २ सरकारले आफनो बार्षिक कार्यक्रम तथा बजेटमा मुसहर, चमार र डोम समुदायका विधार्थीको लागि ठुलै रकम छात्रवृतिको नाममा छुट्याउन थालेको छ गत आर्थिक वर्ष देखि तर आज सम्म एउटा पनि मुसहर विधार्थीले उक्त आर्थिक सहयोग प्राप्त गरेको छैन । हामीले बुझ्दा, प्रदेश २ सरकारले उक्त रकम कक्षा ११ र १२ का विधार्थीलाई नभई स्नातक अध्य्यनमा सहयोग गर्न राखेको भन्ने रैछ र त्यसमा पनि एउटा मापदण्ड कस्तो भने; कक्षा ११ र १२ मा मुसहर, डोम र चमार समुदायका विधार्थीहरुले पहिलो श्रेणी मा उतिर्ण गरेकै हुनु पर्ने रे ! यहाँ कक्षा ११ र १२ पढन त पाई रहेका छैनन् उनीहरु, बल्ल छ पढ्ने एउटा माहोल बन्न सफल भएको छ । पहिलो श्रेणी र उत्कृष्ट खोज्ने की हौसला प्रदान गर्ने? कस्तो सामाजिक संरचना र रोजगारीको अवस्था छ केही बुझेका छौं या छैनौ? आयश्रोत तेस्तो के छ? कहाँबाट स्नातक पढछन् । यो त त्यही उखान भयो, “न राधा के नौ मन घिउ होइहे, न राधा नचिहे ।”

तसर्थ, थुप्रै मुसहर विधार्थीहरुको अनुरोधमा दिनाभद्री छात्रवृति कोषलाई पुनः सक्रिय गर्नु पर्ने आवश्यकता देख्दैछौं । आशा र विस्वास छ, यहाँहरुले यथासम्भव सहयोग गर्नु हुनेछ ।


Loading comments...