मोटोपन घटाउने जापानी सूत्र, यसो गरे मोटाइदैन


काठमाडौं । प्रविधिको विकाससँगै सौखिन जीवनशैलीले विश्वका आम मानिसमा मोटोपनको समस्या बढिरहेको छ । कतिपयले मोटो शरीर घटाउन अनेक उपाय अवलम्बन गर्ने गरेका छन् । उनीहरू कमाईको कयौँ हिस्सा खर्च पनि गरिरहेका हुन्छन् ।

मोटोपन घटाउन जापानी सूत्र सजिलो, कम खर्चालु र दीर्घकालीन प्रभाव रहने बताइएको छ । मोटोपन नियन्त्रण गर्ने त्यस्तो जापानी सूत्र के हो त, यहाँ जानौँ ।
बिहानको नास्ता केरा
बिहान उठेपछि मनतातो पानी एक गिलास पिएर दुई कोसा केरा खाने गर्दा वजन नियन्त्रण गर्न सकिन्छ । केराले पाचन प्रक्रियामा सुधार गर्छ । त्यस्तै बिहान मनतातो पानीसँगको सेवनबाट कम भोक लाग्छ । यसले आवश्यक कार्बोहाइड्रेट पनि शरीरलाई आपूर्ति गर्छ ।
केरा बिहान उठेपछि मनतातो पानी पिएको करिब आधा घण्टामा दुई कोसा खानुपर्छ ।
अनार सेवन
यसको हरेक बिहान सेवन गरे वजन मात्र घटाउने होइन, शारीरिक कमजोरीबाट पनि मुक्त गराउँछ । यसले मधुमेहका रोगीलाई पनि अत्यन्त फाइदा पु¥याउँछ ।
स्याउ
रातो स्याउमा पर्याप्त फाइबर्स हुन्छ । जसका कारण पाचन प्रक्रियामालाई सुधार्न मद्दत गर्छ । यसको सेवनले छोटो समयमै भोक लाग्दैन ।
आलु बखरा
वजन कम गर्नका लागि यसको सेवन उत्तम मानिन्छ । यसको सेवनबाट शरीरलाई मजबुती मिल्छ । त्यस्तै बिहानमा यसको सेवनबाट तुरुन्त भोक लाग्दैन । शरीरलाई आवश्यक भिटामिन यसबाट प्राप्त हुन्छ ।
पैंयू
बिहान खालि पेटमा यसको सेवन गर्दा वजन नियन्त्रण गर्न मद्दत मिल्छ । यसको सेवनले लामो समयसम्म भोक लाग्दैन ।
(एजेन्सीको सहयोगमा)


Loading comments...