यात्रा गर्नु अघि कोरोनाभाइरसको सम्भावित संक्रमणबाट बच्न कस्तो सावधानी अपनाउनुपर्छ?


अन्तराष्ट्रिय ट्राभललाई कोरोनो संक्रमणले निकै असर गरेको छ, यस प्रभावमा अन्तराष्ट्रिय यात्रा अनि बिानस्थलहरु अनि बन्दरगाहरुलाई निकै प्रभाव पारेको छ । शून्यप्राय बिश्व पर्यटन अनि यात्रा क्षेत्रहरुलाई मध्यनजर गर्दा कोरोना संक्रमणबाट जोगिन यात्रुहरुले के के कुराहरुमा सावधानी अपनाउनु पर्ने हुन्छ भनि बुझ्न जरुरी छ ।

आजको मितीसम्म ७९ वटा देशहरुमा यस संक्रमण फैलिसकेको छ, विश्वव्यापी रुपमा १ लाख भन्दा बढिलाई भएको संक्रमणले अहिलेसम्म ३००० भन्दा बढिको ज्यान लिइसकेको छ ।

चीन, दक्षिण कोरिया, ईटाली र ईरानजस्ता यस संक्रमणको एपीटोमी क्षेत्रहरुमा त अन्तराष्ट्रिय हवाई कम्पनीहरुले यात्रा नै स्थगित गरिदिन थालिसकेका छन् । के अब हामी सर्वसाधरणले पनि आफ्नो पूर्वनिर्धारित यात्रा रद्ध गर्नुपर्ने हो ? के अब यात्रा गर्नु खतरनाक हुन्छ, आउनुहोस यस विषयका बिशेषज्ञले भनेंका कुराहरु छलफल गरौं ।

चाहे कोरोना प्रभावित क्षेत्र या खासै केस नभेटिएका गन्तव्य, जतासुकै जाँदै हुनुहुन्छ यहाँले अपनाउने सुरक्षाको संयन्त्रमा भनें कमी ल्याउन र संझौता गर्न हुन्न । जन हप्कीन्स विश्वबिधालयका सिनियर फेलो र जनस्वास्थ बिज्ञ क्रिस्टल हप्कीन्सले भनेंका छन् । अर्को यात्रा जोखिम भनेंको यात्राका दौरान आफू क्वारेन्टाइनमा पर्न सक्छु भन्ने तथ्यलाई आत्मसाथ गरिनु पर्दछ, महामारीका समयमा संक्रमण रोक्न देशहरुले यात्रुहरुलाई क्वारेन्टाइन गर्दछन्, यसो गर्दा उनीहरुलाई चेक जाँच गर्ने र आवश्यक परेमा निश्चित ठाँउमा राख्ने र आइशोलेशन पनि गर्दछन् । आजभोलीको यात्रामा यो भय भनें हुनेगर्दछ ।

यस महामारीलाई ट्राभल व्यानले रोक्न सक्दैन तसर्थ अब देशहरुले भनें यात्रामा नियन्त्रण शायद नगर्न सक्दछन्, संक्रमणलाई यात्रामा निरोध गर्दैमा रोकिने छैन भन्ने सबै देशहरुले बुझिसकेका छन् । अमेरिकाको सेन्टर फर डिजेज कन्ट्रोल एण्ड प्रिभेन्सनले चाँही यात्रुहरुलाई आफ्नो यात्रामा पूर्नविचार गर्न आग्रह गरेको छ अनि एसियाली देशहरुमा यात्रा गर्दा बिशेष सावधानी अपनाउन आव्हन गरेको छ । यी सावधानीमा मास्क्को प्रयोग, अझ मुख र अनुहार नै छोपिने पारदर्शि चश्माको प्रयोग, हात भुने स्यानीटाइजर, अनुहार नछुने अनि समयसमयमा हात धुइरहेने र पानी पिइरहने सुझाव दिएको छ । कोरोनाको भाइरस पेटभित्र गएमा त्यहाँ मारिने तथ्य फेला परेको छ तसर्थ मुखसम्म आएको जिवाणुलाई समयसमयमा पानी पिएर पेटमा पठाउने र अनुहार नछोएर अनुहारमा भएका संक्रमणका जिवाणुलाई पर राख्ने तथ्य बताइएको छ । विश्व स्वास्थय संगठनले पनि यिनै तथ्यहरुलाई दोहोर्याएको छ । मुख र नाकलाई बिशेष सुरक्षा गर्दै संक्रमण रोक्न सुरक्षासंयन्त्र अपनाउन जरुरी रहेको विश्व स्वास्थ संगठनको ठहर छ । हवाई क्षेत्रको तथ्याकं हेर्दा विश्वभरि ५० प्रतिशतले यात्रामा कमी आएको छ , अर्कोतर्फ पूर्वनिर्धारित यात्रालाई रोक्दा यात्रुहरुमा पर्ने आर्थिक घाटाको कुरा पनि छ, अरबौं डलरमा यात्रु र यात्रा कम्पनीहरुले पनि कोरोनाका कारणले घाटा बेहोरिरहेका छन् ।

लाइभमाण्डु


Loading comments...