युधिष्ठिरको सत्यमार्गमा भिमको प्रश्न


हरेकको जीवनको गन्तब्य फरक फरक हुन्छ । सत्यमात्र बोल्ने मान्छेको जीवन कठिन र अफ्ठेरो मात्र नभई अब्यबहारीक हुन्छ, जीवनको पथमा सत्यताले उत्ति सहजता नदिन सक्छ तथापि सत्यको मार्गको अरु कुनै बिकल्प छैन ।

युधिष्ठिरको सत्यताको अडिगपना हामी सबैले सुन्दै आएका छौं तथापि यसै सत्यमार्गको अडिगताले गर्दा पाण्डवहरुको जीवनमा परेको   दु : ख हामीले देखेका र पढेका छौं ।

कहिले काँही भिमले युधिष्ठिरको सत्यमार्गको विरोध पनि गरेका हुन तर पाण्डवहरुको यो दुर्दशाका कारण राजसुया यज्ञ पनि गरेका हुन् । भीमले आफ्नो तर्कमा एउटा राष्ट्रनायकले हत्या हिंसाको पथ रोज्न त नहुने तथापि कहिलेकाँही हिंसाको मार्ग मात्र बिकल्प भएमा धर्मको रक्षार्थ अघि बढ्ने सार्मथ्य पनि हुन पर्ने भनि दाजु युधिष्ठिरको विरोध खण्डन गरेका पाइन्छ ।

युधिष्ठिरले आफ्नो यस खण्डनको जवाफमा मुसुक्क हाँसेर आफूले कुनै उपाधी या सम्मानका लागि नभएर सत्यमार्गको पथमा विशुद्ध सत्यताको वकालत गर्न लागि परेको बताँउदछन् । हरेक मान्छेको गन्तव्य महत्वपूर्ण हैन केवल पथ र हिँड्ने बाटो महत्वपूर्ण भएको बताँउदछन् ।

यक्षले युधिष्ठिरलाई प्रश्न गर्दा पनि युधिष्ठिरका उत्तरहरु निकै गहकिला र सान्र्दभिक हुन्छन् जुन आजको समाजमा पनि लागु हुन्छन् । हरेक कुराको र पथको गन्तव्य भन्दा पनि सत्यमार्गको महत्वमाथि मानवता निहित रहेको बताइन्छ, सत्यको पथ अफ्ठेरो त हुनसक्छ तर सत्यताको बिकल्प केहि हुँदैन । धर्मको बाटो भन्दा पनि जीवनमा धर्मलाई उतार्न अति महत्वपूर्ण हुन्छ भनी युधिष्ठिरको ठम्याई हुन्छ । अश्वस्थामा हतोहत भन्दा पनि युधिष्ठिरले नमानेर बल्ल बल्ल मान्छे हो या हात्ति तर अश्वस्थामा को मृत्यु भयो भनी भनेंका हुन् । यसरी भन्दा अश्वस्थामा हतो हत भन्ने मात्र सुन्ने गरि द्रोणाचार्यको कानमा पर्दछ । युधिष्ठिरको यो अव्यक्त झुठले महाभारतको युद्धमा ठूलो भूमिका खेलेको छ तथापि यो सानो झुठले युधिष्ठिरलाई नर्क सम्म लैजान्छ । झुठो र असत्यको मार्गमा मोक्ष कदापी छैन, सत्यमार्ग अफ्ठेरो त पक्का होला तर सत्यमार्गको बिकल्प अरु छैन ।

सुयोग ढकाल


Loading comments...