यूक्रेनी जहाज झारेको आरोपमा ईरानले अनुसन्धान शुरु गरि केहि सेना अधिकृत पक्राउ


ईरानी न्यायलयले यूक्रेनी जहाजलाई भूलवश झारेको गल्तीमा अनुसन्धान शुरु गरि केहि सैनिक अधिकृतलाई पनि पक्राउ गरेको जानकारी दिएको छ । उक्त जहाजलाई ईरानी सेनाले भूलवश झारेको खबर आएपछि ईरानी नागरीकहरुले सरकार बिरुद्ध प्रदर्शन गरेर सत्तासिन नेतृत्वको राजीनामा सम्मको पनि माग गरेका थिए । गोलामहुसने ईस्माली ईरानका सरकारका प्रवक्ता हुन्, उनले सरकारले यस अपराधका दोषीहरुको छानविन शुरु भइसकेको र केहि पक्राउ पनि परिसकेको जनाए । यद्धपि कस्लाई पक्राउ गरिएको बिषयमा ईरानी सरकारले आफ्नो गोप्यता खोल्न चाहेको छैन । बुधवारका दिन तेहरानबाट यूक्रेनका लागि उडेको जहाजलाई मिसाइल हानेर खसाल्दा १७६ जनाको मृत्यु भएको हो ।

लाइभमाण्डु

यो पनि पढ्नुहोस्

ईरानले जमिनमुनी गुप्तरुपमा न्यूक्लीयर हतियार बनाँउदैछ : संयुक्तराष्ट्र संघ
के ईरानले युद्ध चाहन्छ ?
अमेरिका र ईरानको युद्ध हुन्छ त ?
ईरानमा मदिरामाथिको प्रतिबन्ध घातक
ईरानी रेडियोको त्यो समाचार
अमेरिका ईरान युद्ध भएमा बिटकोइनलाई अरबौं फाइदा हुने
ईरानबाट उडेको यूक्रेनी यात्रुवाहक जहाजको दुर्घटना

ईरानी आकाशबाट उड्ने जहाजहरुले रुट परिवर्तन गरे


Loading comments...