यूरोप र अमेरिकामा फेसबुक डाउन


फेसबुकमा प्राविधिक समस्या आँउदा विश्वभरिका लाखौं प्रयोगकर्ताहरुले आफ्नो अकाण्टमा नोटिफिकेशन र स्टोरीहरु सम्म हेर्न पाएनन । हिजो आइतबार बेलायती समयको दिँउसो ४ बजेर ३० मिनट देखि बिश्वभरिका कैयन फेसबुक अकाण्टहरुमा यस्ता समस्या देखियो । प्रयोगकर्ताहरुको स्टोरिज, नोटिफिकेशन आदि केहि पनि अपडेट भएन, यस्तो हुनु केहि समयअगाडी देखि नै फोटो अपलोडमा समस्या लगायता लाखौं गुनासा फेसबुक पृष्ठपोषण बिभागले पाइसकेको थियो ।

अझै पनि कयौ अकाण्टहरुमा नोटिफिकेशन नदेखिने समस्या रहेको बताइन्छ । यूरोपका ठूला शहरहरु अनि एसियाका पनि धेरै ठाँउमा फेसबुकमा यो समस्या पाइयो भनें कतिपय ठाँउहरुमा अझै यो समस्या बिकराल पाइएको छ । यसरी फेसबुक अकाण्टमा समस्या आएपछि बिश्वभरिका प्रयोगकर्ताहरुले ह्याशट्याग गर्दै #Facebookdown #Facebookhackedअपडेट गरेका थिए ।

लाइभमाण्डु


Loading comments...