रणवीरको पोष्टर सार्वजनिक


रणवीर अहिलेको एउटा वहुप्रतिक्षित चलचित्र हो । यस चलचित्रमा निर्देशक गोबिन्दसिंह भण्डारी हुन भने चलचित्रमा सुशील सिटौला, सुभेच्छा खड्का, प्रशान्त ताम्राकार, रवी गिरी लगायत अन्य धेरै कलाकारहरुको अभिनय रहेको छ ।
पुराना नेपाली चलचित्रमा नायक धेरै बलियो देखाएर शक्तिप्रदर्शन गर्ने चलन छर यो चलन नेपाल लगायत भारत अनि विश्वभरिका सिनेमामापाइन्छ । रणबिरमा भनें थेगो नै बाँच्नलाई मान्छे हैन भाग्य बलियो हुन पर्दछ भन्ने देखाइएको छ । भाग्य र शक्ति अनि रिस लगायत द्धन्द र समाजको चित्रण गरिएको यो चलचित्रको पोस्टरहरु आज रिलिज भएको छ । केवल लाइभमाण्डुमा हेर्न सक्नुहुेछ ।

पछिल्लो समय सार्वजनिक गीत “तिरिमिरी तिरिमिरी तिन तारा” मार्फत चर्चामा रहेको फिल्म ‘रणवीर’ को पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक पोस्टरमा सुशीललाई दुइ डेब्यु गर्ल सुबेक्षा खड्का र सुपुस्पासँगको माया र मित्रतासँगै मित्रताको भावमा देख्न सकिन्छ । सार्वजनिक पोस्टरमा फिल्मका लिड कलाकारहरु सुशील सिटौला , प्रशान्त ताम्राकार , सुबेक्षा खड्का , सुपुस्पा भट्टलाई फिचर्ड गरिएको छ । फिल्मको कथावस्तु अनुसार नै पोस्टर तयार गरिएको निर्माण पक्षले बताएका छन् । यसै फिल्मको लागि सुशीलले आफ्नो शारीरिक बनावटमा पनि परिवर्तन ल्याएका थिए । झन्डै ६ महिनाको मेहनतपछि सुशील रणवीर बन्न योग्य भएको निर्माण पक्षले बताएका छन् ।

मेहनत कति गरे भन्ने तथ्यलाई त आउने प्रचार सामग्रीले प्रस्ट्याउने छ  ‘सुशील भन्छन ‘ फिल्मको पोस्टरले भावलाई प्रस्ट्याउछ । साथै , सन् २०१२ मा मिस इन्टरनेशनल नेपालको टाइटल पाएकी सुबेक्षालाई यसै फिल्म मार्फत डेब्यु गर्दैछिन् । फिल्ममा मलाइ साथी तथा प्रेमिकाको रुपमा देख्नु हुनेछु सुबेक्षाले भनिन् | फिल्मको कथावस्तुले हाम्रो पुस्तालाई प्रस्तुत गर्छ । उनले प्रस्ताव आएको कयौ फिल्मलाई रिजेक्ट गरेर रणवीर मार्फत डेब्यु गर्दैछिन् । फिल्ममा माया , मित्रता र बदलाको कथालाई प्रस्तुत गरिएको छ । महङ्गो बजेटमा तयार भएको फिल्मलाई गोमा बिस्ट थापा र दिपेन्द्र रेग्मीले निर्माण गरेका हुन् । फिल्मको सार्वजनिक पोस्टरबाट पनि यसप्रति अनुमान लगाउन सक्नुहुन्छु निर्माता मध्येका एक दिपेन्द्र भन्छन रणवीर मनोरंजनको फुल प्याकेज हो , यसमा फिल्ममा चाहिने सबै तत्व छन् ।

यसैगरी अर्की निर्मात्री गोमा पनि फिल्मलाई विना सम्झौता तयार गरेको बताउछन् । हामीले फिल्ममा कहिँ कतै सम्झौता गरेका छैनौ , एउटा राम्रो फिल्म दर्शकलाई दिने हाम्रो इच्छा होु गोमाले भनिन् । यसमा कथा , पटकथा , संवाद तथा निर्देशन गोविन्द सिंह भण्डारीको रहेको छ । फिल्ममा रवि गिरी, नरेश पौडेल, हरिहर शर्मा , टिका पहाडी लगायतका कलाकारको पनि अभिनय रहेको छ । फिल्ममा महेश पौडेलको छायांकन, कृष्ण भण्डारीको सम्पादन, चन्द्र पन्तको द्वन्द, रामजी लामिछाने र सुरेन्द्र बसेलको कोरियोग्राफी छ । एकगीतमा बाबु श्रेष्ठको छायांकन रहेको फिल्मको ट्रेलर साहिल खानले तयार गरेका हुन् ।

आज सार्वजनिक भएका केहि पोष्टरमा नायक सुशील सिटौलाको एक्सन अवतार देख्न सकिन्छ भने केहिमा उनलाई रोमान्टिक लुक्समा पनि प्रस्तुत गरिएको छ। यी पोष्टरहरु आनन्द कुमार महर्जनले डिजाइन गरेका हुन्।केवल लाइभमाण्डुमा हेर्न सक्नुहुेछ ।


Loading comments...