‘रणवीर’ को रोमान्टिक गीत मायामा सार्वजनिक


माघ १८ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘रणवीर’ को रोमान्टिक गीत मायामा सार्वजनिक गरिएको छ । गीतमा फिल्मका दुई कलाकार सुशील सिटौला र सुवेक्षा खड्का फिचर्ड छन् । पोखरा तथा आसपासका मनोरम दृश्यमा छायाँकन गरिएको गीतमा हर्कुलस बस्नेतको शब्द तथा संगीत रहेको छ । गीतमा हर्कुलस र प्रविशा अधिकारीले स्वर दिएका छन् । गीतलाई गम्भीर विष्टले कोरियोग्राफ गरेका हुन् ।

सन् २०१२ कि मिस इन्टरनेशनल हुदै ग्लामर फिल्डमा इन्ट्री गरेकी सुवेक्षाले यसकिसिमको गीतमा पहिलो पटक देखिएको बताइन । ‘मलाइ निकै खुसि लागेको छ र यस किसिमको लभ गीतमा पहिलो पटक देखिएकी हु’ सुवेक्षाले भनिन् ‘गीतले दर्शकलाई रोमान्टिक फिल दिन्छ ।’ सुवेक्षा झैँ सुशील पनि निकै उत्साहित छन् । ‘यो गीत मैले नै गाएको जस्तो लाग्छ’ सुशील भन्छन् ‘गीतमा रणवीरको रोमान्टिक अवतार छ ।’ गीतलाई ओएसआर डिजिटल मार्फत सार्वजनिक गरिएको हो ।

फिल्ममा सुशील र सुवेक्षासँगै सुपुस्पा भट्ट , प्रशान्त ताम्राकार, टिका पहाडी, नरेश पौडेल, रवी गिरी, भोलाराज सापकोटा, शैलेश्वरी सिंह लगायतको अभिनय रहेको छ । लेखन तथा निर्देशक गोविन्द सिंह भण्डारीको रहेको फिल्मको ट्रेलरलाई साहिल खानले तयार पारेका हुन् । फिल्मलाई प्राची फिल्म्स र डिआर फिल्मको ब्यानरमा गोमा बिस्ट थापा र दिपेन्द्र रेग्मीले संयुक्त रुपमा निर्माण गरेका हुन् । फिल्ममा माया , मित्रता र बदलाको कथालाई प्रस्तुत गरिएको छ । यसमा कथा , पटकथा , संवाद तथा निर्देशन गोविन्द सिंह भण्डारीको रहेको छ । फिल्ममा महेश पौडेलको छायांकन, कृष्ण भण्डारीको सम्पादन, चन्द्र पन्तको द्वन्द, रामजी लामिछाने , गम्भीर विष्ट र सुरेन्द्र बसेलको कोरियोग्राफी छ ।


Loading comments...