राजसंस्था नहुँदा देश अभिभावकविहीन भयो : कमल थापा


काठमाडौं। राष्टिय प्रजातन्त्र पार्टीले राजसंस्था पुनस्थापना र हिन्दुराष्ट स्थापनाका लागि भन्दै शुक्रवार बृहत प्रदर्शन गरेको छ। विरोधप्रदर्शनपछि भएको कोणसभालाई सम्बोधन गर्दै अध्यक्ष कमल थापाले केपी ओली सरकार असफल भएकाले जनताले दुख पाएको बताए।

थापाले भने, ‘सिंहदरबार र शीतल निवासका शाषकहरुका कारण देश अस्थिरतातर्फ गएकाले हामी यो देश बचाउन प्रजातन्त्र र राष्टियतार्ला बलियो बनाउन मर्न र मार्न तयार भएर सडकमा आएका छौ।’

काँग्रेस र कम्युनिष्टका कारण देशमा अहीलेको व्यवस्थाले जनता मर्कामा परेको कारण राप्रपा मात्र अबको वैकल्पिक शक्ति भएको उनको दावी दाबी छ। राजसँस्था नहुदा देश अभिभावकविहीन बनेको अध्यक्ष थापाको भनाइ छ।

उनले विदेशी शक्तीको कारण राष्टियता लोकतन्त्र कमजोर बनेको भन्दै देशलाई स्थिर र राष्टियता मजबुत बनाउँदै आर्थिक समृद्धीका लागि जनता मिलेर राजा ल्याउन आवश्यक रहेको बताए। सभालाई राप्रपाका अध्यक्षहरु पशुपति राणा् र प्रकाशचन्द्र लोहोनी, नेताहरु राजेन्द्र लिङ्देन र बिक्रम पाण्डेले सम्बोधन गरेका थिए।


Loading comments...