राज कुमार महतो तथा भोरमाथीको आर्थिक हिनामिनाको मिथ्या आरोप र मानहानी गर्ने उपर कारवाहीको माग


काठमाडौं, ११ भदौ, २०७७ । देश, समाज र निमुखा वर्गको पक्षमा आफनो समय, श्रोत र सिप लगाएर कडा परिश्रम र लगनका साथ विगत १५ वर्ष देखि सामाजिक, सांस्कृतिक तथा आर्थिक क्षेत्रका विभिन्न समस्या समाधानको लागि अनवरत रुपमा अभियानहरु संचालन गर्दै आएको अभियन्ता राज कुमार महतो र उनले स्थापना गरेको संस्था भोरलाई बदनाम गराउने उदेश्यले केही स्वार्थी र नैतिक धरातल नभएको व्यक्तिहरुले गरेको मानहानी विरुद्ध कारवाहीको माग गरीएको छ ।

सन् २००५ देखि बाल विवाह एवम् दाइजो विरुद्धको अभियान शुरु गरी आफनो समय, श्रोत र सिप लगाएर धनुषा जिल्ला सिनुरजोडा जस्तो एउटा गांउबाट उठेको आवाजलाई राष्ट्रिय रुपमा फैलाउने कार्य गर्दै आएका राज कुमार महतोलाई गलत र मिथ्या सुचनाको आधारमा बदनाम गराउने कार्य गर्दै आएका केही व्यक्तिहरु देवेन्द्र राज सिंह, डा. सि.के. सिंह, विनोद जोशी, दीपक खनाल, कुमार भाष्कर, विकेश मल्ल, ललन प्रसाद साह, राजेन्द्र राना, तपेश्वर यादव, अशोक हमाल, जागृती पौडेल, सुमन घले विरुद्ध अभियन्ता राज कुमार महतोले मानहानीको मुद्धा दर्ता र साइवर क्राइमको मुद्धा दर्ता गर्ने प्रक्रिया अगाडी बढाएको छ । साथै, महतो र भोर संस्थाको व्यक्तिगत तथा सामाजिक सामाजिक छवि बिगार्ने गरी ती व्यक्तिहरुले गरेको षडयन्त्र तथा गलत कार्यको विरुद्ध मानहानी गर्ने माथि कारवाहीको माग समेत महतोले गरेको छ । साथै, आर्थिक हिनामिना गरेको र भ्रष्टाचार गरेको जस्ता तथ्यहिन र मिथ्या कुराहरु महतोको फेसबुक वालमा कमेन्ट गरेका गोविन्द गिरी तथा दुर्गा बजगांई माथि पनि साइबर क्राइमको मुद्धा दर्ता गरी कानुनी कारवाहीको माग महतोले गरेका छन् ।

सन् २००५ मा महतोको पहल र नेतृत्वमा शुरु भएको र भोरले संचालन तथा व्यवस्थापन गरेको बाल विवाह एवम् दाइजो उन्मूलन राष्ट्रिय अभियानलाई मानहानी गर्ने व्यक्तिहरुले यो अभियान सन् २०१४ देखि शुरु गरिएको भने भ्रामक र अपवाह फैलाउने गलत सुचना समेत सम्प्रेशन गरेका छन् । राज कुमार महतोले आफनो व्यक्तिगत स्तरबाट लाखौ लगानी गरेर संचालन, बिस्तार तथा सुदृढिकरण गरेको उक्त अभियानमा उल्टै महतोकै विरुद्ध आर्थिक अनियमितता र भष्टाचार जस्ता गलत, आधारहिन र मिथ्या सुचनाको आधारमा बदनाम गराउने बदनीयतपुर्ण कार्य देवेन्द्र राज सिंह, डा. सि.के. सिंह, विनोद जोशी र उनीहरुको समूहले गरेका हुन ।

सन् २०१४ जुलाई पछि देवेन्द्र राज सिंह, डा. सि.के. सिंह, विनोद जोशी तथा माथि उल्लेखित अन्य व्यक्तिहरुलाई महतोले नै बाल विवाह एवम् दाइजो विरुद्धको अभियानमा भित्र्याएको र अवसर दिएको हो । उक्त राष्ट्रिय अभियानमा अरु थुप्र्रै मनकारी व्यक्तिहरु तथा संस्थाहरु पनि आबद्ध छन् । डा. सि.के. सिंहलाई महतोले नै चर्चित नायिका गरिमा पन्त र स्वेता खड्काको साथमा उक्त राष्ट्रिय अभियानको सद्भावना दुतको रुपमा अनुबन्धन गरेका हुन ।

तीनै डा. सि.के. सिंह, देवेन्द्र राज सिंह तथा विनोद जोशी र उनीहरुको समूहले ग्रुपिज्म गरेर अभियानलाई, महतोलाई र भोरलाई बदनाम गराउने उदेश्यले राज कुमार महतो र भोरले उक्त अभियानको नाममा आर्थिक हिनामिना गरेको भनि २०७५।०५।११ गते स्पष्टिकरण सहितको प्रतिवेदन पेश गर्न राज कुमार महतो, भोरको नाममा पत्र काटेको थियो (पत्र यसै साथ संलग्न गरीएको छ) । त्यस बखत राज कुमार महतोको बुबा मोटरसाईकल दुर्घटनामा परि काठमाडौंको बाँसबारी न्यूरो अस्पतालमा उपचार गराई रहनुभएको थियो । बुबाको गम्भिर स्वास्थ्य अवस्थाको कारणले उक्त अवधिमा महतो निकै पीडा र कष्टपुर्ण समयमा थिए । ती पीडादायी अवस्थामा पनि महतोले देवेन्द्र राज सिंहको हस्ताक्षर गरिएको मानहानी गर्ने व्यक्तिहरुले पठाएको पत्र अनुसार बाल विवाह एवम् दाइजो उन्मूलन राष्ट्रिय अभियानको आर्थिक प्रतिवेदन सहितको स्पष्टिकरण पत्र भदौ २५, २०७५ मा पेश गरेका हुन् ।

बाल विवाह एवम् दाइजो उन्मूलन राष्ट्रिय अभियान, नेपालको राष्ट्रिय संचालन समितीको २०७५।०६।०६ को बैठकमा महतोले पेश गरेको आर्थिक प्रतिवेदन, स्पष्टिकरण र पत्र माथि समितीका सदस्यहरुले लगभग ६ घण्टाको बृहत छलफल गरेका थिए । उक्त बैठकमा बृहत छलफल पश्चात राज कुमार महतो र भोरबाट प्राप्त स्पष्टिकरण र सो माथिको छलफलको आधारमा हाल सम्मको आर्थिक हर हिसाब तथा कार्यक्रमका गतिविधीको प्रतिवेदनबाट चित्त बुझदो जवाफ भोर बाट आएकोले फर्छौट भएको निर्णय समितीले गरेको थियो (उक्त बैठकको निर्णय र माइन्यूट यसै साथ संलग्न छ) । उक्त बैठक माइन्यूट र निर्णयमा डा. सि.के. सिंह, देवेन्द्र राज सिंह तथा विनोद जोशी लगायत समितीका अन्य सदस्यहरुले पनि हस्ताक्षर गरेका थिए ।

राज कुमार महतोमाथि मिथ्या आरोप लगाउने व्यक्तिहरुलाई महतोले आर्थिक प्रतिवेदन सहितको स्पष्टिकरण पत्र मार्फत तपसिल बमोजिमका प्रश्नहरु गरेको थिए । तर उक्त प्रश्नहरुको कुनै जवाफ उनीहरुले दिएका छैनन् ।
* अभियानको लेटर प्याडमा लेखिएको गलत र मानहानीपुर्ण शब्द तथा वाक्यहरु प्रति भोर प्रश्न गर्न चाहन्छ कि अभियानको कार्यक्रमहरु संचालन गर्दा सन् २०१४ जुलाई देखि २०१८ अप्रिल सम्म मात्र १९ लाख भन्दा बढी अपुग रकम राज कुमार महतो (भोरको अध्यक्ष) ले आफनो व्यक्तिगत घरबाट अभियानको कार्यक्रममा लगानी गरेको अवस्थामा उल्टै भोरलाई वा राज कुमार महतोलाई कसरी आर्थिक हिनामिना गरेको गलत आरोप लगाइएको छ?
* भोरलाई पठाएको पत्रमा उल्लेख गरेको अनुसार भोरले बाल विवाह एवम् दाइजो उन्मुलन राष्ट्रिय अभियानको नाममा विभिन्न संघ संस्थाहरुबाट कार्यक्रम ल्याउने र संचालन गर्ने गरेको प्रमाण सहित गुणासो अभियानको केन्द्रीय समितीमा आएको प्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएकोले ती प्रमाणहरु लिखित रुपमा भोर समक्ष तथा अभियानको केन्द्रिय समिती समक्ष पेश गर्न अनुरोध गर्दछु ।
* अभियानको लेटर प्याडमा उल्लेख गरिए अनुरुप भोरले बाल विवाह एवम् दाइजो उन्मुलन राष्ट्रिय अभियानको नाममा कहां कहांबाट वा कुन कुन संस्थाबाट कार्यक्रम वा बजेट ल्याएको व्यहोरा उल्लेख गरिएकोले सो को प्रमाण पेश गर्न समेत अनुरोध गर्दछु ।
* भोरले बाल विवाह एवम् दाइजो उन्मुलन राष्ट्रिय अभियानको नाम आफनो संस्थागत प्रोफाइलमा सन् २००९ देखि नै राख्दै आएकोमा अहिले २०१८ को सेप्टेम्बरमा मात्र किन यो आवाज आएको हो? यसको उत्तर पनि दिनु हुन अनुरोध छ ।
* यस राष्ट्रिय अभियानको राष्ट्रिय संचालन समितीको गठन सन् २०१६ मा भएको यथार्थलाई भ्रमित पार्ने गरी सन २०१४ मा समिती गठन गरिएको गलत सुचना सम्प्रेशन गर्ने नियतले मिथ्या कुरा चिठीमा उल्लेख गरेको कुराको स्पष्टिकरण प्रदान गर्नु हुन अनुरोध छ ।
* अभियानको चिठीमा उल्लेख गरिए अनुसारको हिनामिना भएको छ भन्ने त्यसको प्रमाण भोरलाई र अभियानको राष्ट्रिय संचालन समितीमा अविलम्ब पेश गर्न अनुरोध छ ।

डा. सि.के. सिंह, देवेन्द्र राज सिंह तथा विनोद जोशी र उनीहरुको समूहले महतो माथि लगाइएको आर्थिक हिनामिनाको अरोप गलत भएको स्वंय उनीहरुले नै स्वीकार गरेको र आर्थिक हर हिसाब तथा कार्यक्रमका गतिविधीको प्रतिवेदनबाट चित्त बुझदो जवाफ भोर बाट आएकोले फर्छौट भएको मिती २०७५।०६।०६ को निर्णयको १८ महिना पछि अचानक फेरी राज कुमार महतो र भोरलाई बदनाम गराउने र मानहानी हुने गरी मिती २०७७।०२।०२ मा प्रेस विज्ञप्ती निकालेर बाल विवाह एवम् दाइजो उन्मूलन राष्ट्रिय अभियान, नेपालको नाममा आर्थिक हिनामिना गरेको र स्पष्टिकरण दिन लिखित रुपमा पटक पटक ताकेदा गर्दा पनि महतोले कुनै प्रतिक्रिया नदिएको भन्दै उनीहरुले गलत आरोप लगाएको थियो (उक्त प्रेस विज्ञप्ती यसै साथ संलग्न छ) । कोरोना महामारी र लकडाउनले गर्दा नेपालका विभिन्न क्षेत्रका अति विपन्न परिवारहरुलाई कोरोना, भोकमरी तथा कुपोषणबाट बचाउन विभिन्न मनकारी व्यक्ति तथा संस्थाहरुको आर्थिक सहयोगबाट भोरले देश भरी नै एकिकृत राहत तथा पोषण प्याकेज प्रदान गरी रहेको बेला डा.सि.के.सिंह, देवेन्द्र राज सिंह, विनोद जोशी तथा अन्य पुर्वाग्रही व्यक्तिहरुले महतो र भोरको मानहानी हुने गरी र राहत वितरण कार्यमा अबरोध उत्पन्न गराउने हेतुले उक्त प्रेस विज्ञप्ती जारी गरेको प्रष्ट देखिन्छ । तर भोरले र महतोले उनीहरुको दुसकर्मलाई पनि क्षमा गरेर परोपकारको कार्यमा अगाडी बढदै गए । अहिले राज कुमार महतोले आफु विरुद्ध बागमती प्रदेश सामाजिक विकास मन्त्रालयले र विश्व स्वास्थ्य संगठनले कार्यस्थल उत्पीडन र जातीय विभेद गरेको विरुद्ध न्यायको लागि आवाज उठाई रहेको बेला न्यायको लडाईलाई तुहाउनको लागि र बदनाम गराउन गोविन्द गिरी र दुर्गा बजगाईले सोही मानहानीपुर्ण र गलत प्रेस विज्ञप्ती फेरी राज कुमार महतोको फेसबुक वालमा तथा अन्य व्यक्तिहरुको वालमा निरन्तर पोष्ट गर्न लगाएको छ ।

वर्तमान अवस्थामा कोरोना महामारी र निषेधाज्ञाको कारणले सर्वोच्च तथा उच्च अदालतहरु बन्द रहेकोले अदालत खुल्ना साथ महतोले डा. सि.के. सिंह, देवेन्द्र राज सिंह, विनोद जोशी र त्यो प्रेस विज्ञप्तीमा हस्ताक्षर गर्ने व्यक्तिहरु विरुद्ध मानहानीको मुद्धा दायर गर्ने तयारी गरि सकेका छन् । साथै व्यक्तिको बदनामी र मानहानी हुने खालको गलत अरोप सामाजिक संजालमा पोष्ट गरेको गर्दा गोविन्द गिरी र दुर्गा बजगाई माथि पनि मुद्धा चलाईने तयारी रहेको महतोले उल्लेख गरेका छन् ।

१. मिति २०७५।०५।११ गते स्पष्टिकरण सहितको प्रतिवेदन पेश गर्न राज कुमार महतो, भोरको नाममा पठाइएको पत्र
२. मिति २०७५।०६।०६ गते बाल विवाह एवम् दाइजो उन्मूलन राष्ट्रिय अभियान, नेपालको राष्ट्रिय संचालन समितीको बैठकमा महतोले पेश गरेको आर्थिक प्रतिवेदन, स्पष्टिकरण र पत्र माथि समितीका सदस्यहरुले बृहत छलफल गरी गरेको निर्णयको बैठक माइन्यूट ।

३. मिति २०७७।०२।०२ गते खण्डन गरी सकेको गलत आरोपको बारेमा पुनः जारी गरिएको प्रेस विज्ञप्ती


Loading comments...