रामायणमा वालीको पश्चाताप


वालीको बिषयमा खासै शास्त्रहरुले उति महत्वका साथ प्रस्तुत गरेको पाइनन् तथापी सनातन दर्शनमा वालीको निकै भूमिका र दृष्टान्तहरु नभएका हैनन । दाजुभाई वाली र सुग्रिभको लडाँई अनि वालीकी श्रीमती ताराको वाली मृत्यु पश्चातको बेदना, रोदन लाई गरुढ पुराणमा पनि दृष्टान्तका रुपमा ल्याइएको त छ । श्रीरामले तारालाई लाहा र स्फटीकको उदहारणमा नश्वर शरीर र अमर आत्माको तत्ववोध गराउनुभएको छ । विर वालीलाई श्रीरामको वाणले परबाट आएर मर्म मै लागेर खुत्रुकै लडायो, त्यपश्चात उ अब आफ्नो जीवनको समय निकै कम भएको आँकेर केवल आफुलाई यति परबाट यस्तो तोडले हिर्काउन सक्ने को रहेछन भन्ने तथ्य जान्न चाहन्छ । शरीरबाट उक्त वाणलाई झिक्न उ असमर्थ छ किनकि वाण गहिराईसम्म पुगेको छ तथापी उस्ले वाणमा भएको श्रीरामको निशान अब चिन्न सक्दछ । उक्त वाणमा अयोध्या नरेशको केहि निशान थियो जुन वाली ले चाल पायो । तब भगवान रामलाई आफूतिर आँउदै गरेको वाली ले देख्दछ र पीडामा छटपटाएको वालीले रामलाई आफ्नो यो लुकेर हत्या गरेकामा विरतामाथि प्रश्न गर्दछ । दशरथको शान संग रामको यो वारलाई कायरताको संज्ञा सम्म दिन्छ । मनुशास्त्रमा पनि रामलाई दोषी देखिने तर्क वालीले अघि सार्दछ ।

अब श्रीरामको उत्तर अनि दर्शनले वालीमा सुस्त सुस्त आफ्नो प्रश्नको उत्तर अनि पश्चाताप उत्पन्न हुन थाल्दछ । जीवनको अन्तको क्षणमा भगवान रामको दर्शन अनि साथ पाएकोमा वाली अब सन्तुष्ट पनि देखिन्छ, आफ्नो पुत्र अगंदलाई मृत्युपर्यन्त भगवान श्रीरामको अर्चना गर्दै वाली ले विदा माग्दछ । किसकिन्धा बाँदरहरुको राज्य हो जहाँ बाँदर राजकुमारहरु वाली र सुग्रिभ सम्राट बन्ने लालसामा एक्आपसमा लडाँई गरिरहेका थिए । वालीलाई एउटा पहाडमा जान नपाउने भनी श्राप लागेको हुन्छ र यस पहाड जस्को नाम मातुगां पर्वत हो त्यहाँ सुग्रिभले आश्रय लिएको हुन्छन् ।

हनुमान र श्रीराम लक्ष्मणको भेट पनि किसकिन्धा मै भएको मानिन्छ । हनुमान सुग्रिभका सेना थिए र राम लक्ष्मणलाई उनले वालीको मान्छे भन्ठानेर हमला गर्नै आँटेका हुन्छन तर पछि उनीहरु वालीको सेना नभएको थाहा पाएपछि हनुमानसंग श्रीरामको युद्ध हुँदैन ।
श्रीरामले वालीको वध गरेपछि सुग्रिभ किसकिन्धाको राजा भएपछि हनुमानले श्रीरामको शरणमा आफुलाई सर्मपित गर्दछन् । त्यसपछि हनुमान सीता माताको खोजीमा लंका गएको तथ्य छ ।

अहिलेपनि हम्पी लगायतका क्षेत्रहरु जुन अहिले तत्कालिन ईण्डोनेशीयामा पर्दछ त्यहाँ अत्याधिक बाँदरहरु छन् र त्यहाँ रहेको अद्भूत अन्जनेया पर्वतमा अन्जनाले हनुमानलाई जन्म दिएको बताइन्छ । हनुमान चालिसामा पनि हनुमानलाई अन्जनपुत्र पवर्त सुत नामा भनिन्छ, उनी अन्जना र पवनका पुत्र हुन् । वाली रामायणका महत्वपूर्ण पात्र हुन जस्को शक्तिका बिषयमा त रामायणमा प्रशस्त किस्साहरु छन् तर उन्को बिवेक र भावनात्मक क्षमताका बिषयमा रामायण मौन छ ।

वालीले रामलाई मृत्युको समयमा पनि माफ गरिदिन्छन् । राम कै वाणले रक्ताम्य वालीले पीडाका फोहोराका बिच पनि रामलाई माफ गरिदिन्छन् । रामको वाली ले तात्विकरुपमा केहि हानी गरेका हुन्नन तथापी रामले वालीलाई वाण साँधेका हुन्छन् । वालीलाई श्रीमतीको कुरा नसुनेको अनि अहंकर धेरै गरेको पाप हुन्छ र यमराज स्वयमले पनि वालीको विरताको अगाडि सम्मानस्वरुप घायल अवस्थामा केहि समय दिएका हुन्छन् । त्यस बखत वाली नमरेर रामको सेनामा सामेल भएको भए आजको रामायणको स्वरुप नै फरक हुन्थ्यो कि ?
हनुमानको स्थान के वाली ले लिन्थे त ? यि सबै फिक्शन जस्ता कुरा भए हैन र ? तर शास्त्र इतिहासको पानाबाट बनेको हुन्छ र पात्रहरु भाग्य, कर्म र संयोगले बनेका हुन्छन् । वालीको भाग्यलाई कर्मले साथ दिएन र महान रामायणका किस्साबाट वाली ले छिटै बिदा लिन पर्यो ।

रामको कृपाले वालीले स्वर्गमा बिशिष्ट स्थान पाँउदछन् । रामायणका यि पात्रको बारेमा थप उत्खनन अनि अध्ययन जरुरी छ । वालीले भावनालाई धेरै महत्व दिएर निर्णय लिएकाले उस्को हार भएको हुन्छ भनिन्छ । सुग्रिभ रामका भक्त त हुन तर उनी वालीलाई जिँउदै समाधीमा गाड्न चाहन्छन्, सही कुराको भक्त भएतापनि गलत प्रवृती र बिनाशी चाहना सुग्रिभमा पनि प्रशस्त पाइन्छ । राम एउटा बिशिष्ट मानव भएर पनि बाँदरको हत्याराको आक्षेप बोकेर किस्किन्धाबाट अघि लागे । लक्ष्मणले वालीलाई मार्नुअगावै रामलाई वालीसंग वार्ता गर्ने प्रस्ताव पनि राखेको पाइन्छ तर सुग्रिभसंगको रामको वाचाले वालीको संहारलाई आवश्यक्ता बनाइदिन्छ ।

सुयोग ढकाल


Loading comments...