राष्ट्रपति बाइडेनले लगाए फाइजरको पहिलो डोज


एजेन्सी- ननिर्वाचित अमेरिकाको राष्ट्रपति जो बाइडेनले कोरोनाविरुद्धको खोप लगाएका छन् । समाचार स‌ंस्था रोयटर्सका अनुसार बाइडेनले डेलावारको न्युवार्कस्थित एक अस्पतालमा गएर सोमबार कोरोना खोप लगाएका हुन् ।

अमेरिकामा यसअघि नै फाइजरको खोप लगाउन सुरु गरिसकिएको छ । बाइडेनले खोप सुरक्षित रहेको सन्देश दिन खोप लगाउने निर्णयमा पुगेको जनाए । बाइडेनले सामाजिक सञ्जालमार्फत आफूले कोरोना खोप लगाएको जानकारी दिँदै लगातारको मेहनतपछि खोप निर्माण गर्ने वैज्ञानिक र अनुसन्धानकर्मीलाई समेत धन्यवाद दिएका छन् ।

विश्वभरि महामारीका रूपमा फैलिएको कोरोनाका कारण अमेरिका सबैभन्दा बढी प्रभावित छ । अमेरिकामा हालसम्म ३ लाख १९ हजार जनाभन्दा बढीको भाइरसका कारण मृत्यु भइसकेको छ ।


Loading comments...