राष्ट्रिय झण्डा जलाएको म्यूजिक भिडियोमा संलग्न मुख्य अभियुक्त ग्याल्जोम दोर्जे तामाङ्ग सहित ९ जना पक्राउ


काठमाण्डौ, ०१ भाद्र, २०७७ । भदौ १ गते मङ्गोल हप अफिसियल (MONGOL HOP OFFICIAL) नाम गरेको यूट्यूब च्यानलबाट देशका विरुद्ध नानाभाती शब्द प्रयोग गर्दै नेपाली राष्ट्रिय झण्डा जलाउँदैगरेको दृश्य सहितको ‘देशद्रोही’ नामको म्यूजिक भिडियो सार्वजनिक गरिएको थियो । उक्त भिडियोको निर्माण तथा भिडयोमा संलग्न ६ जनालाई पक्राउ गरिएको नेपाल प्रहरीले जानकारी गराएको छ ।

मकवानपुरको बागमति गाउँपालिका-३ स्थित सल्लेनीको विष्णु आधारभूत विद्यालय प्राङ्गणमा तयार पारिएको उक्त भिडियो र्र्याप शैलीमा छ भने ‘शरणार्थी बाहुनक्षेत्री हो’ उच्चारण गर्दै पूर्वराजा ज्ञानेन्द्र शाह लगायत नेकपा अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहल प्रचण्ड, पूर्व प्रधानमन्त्री स्व. शुशिल कोइराला, पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल लगायतका राजनीतिज्ञहरुको तस्वीर समेत जलाइएको छ ।

पक्राउ परेका ६ जनालाई कानुन बमोजिम कारबाही गरिने नेपाल प्रहरीले जानकारी दिएको छ ।

भिडियोका मुख्य गायक गेल्जङ्ग दोर्जे तामाङले सामाजिक सञ्जालमा समेत पहिलेदेखिनै साम्प्रदायिक खलल पुर्र्याउने खालका विभिन्न टिका-टिप्पणी समेत गर्दै आएका थिए । भदौ १ गते अपलोड गरिएको उक्त म्युजिक भिडियोको करिब ४० सेकेण्डदेखि नेपालको राष्ट्रिय झण्डा जलाएको दृश्य देखाइन्छ । म्युजिक भिडियोमा साम्प्रदायिकता माथि नै खलल पुग्ने किसिमका भनाइहरूमात्र छैनन शब्दैपिच्छे आपत्तिजनक शब्दहरुको भेल छ ।

उक्त म्यूजिक भिडियोलाई मन पराउनेहरु भन्दा बढी मननपराउनेहरुको डिसलाइक संख्या छ भने भिडियोमा प्रतिक्रिया दिनेहरु सबैले भिडियोप्रति रिस अभिव्यक्त गरेका छन् ।

के भन्छ देशको कानून?
मुलुकी अपराध (संहिता) ऐन २०७४ मा १५१ को दफा १ तथा २ लाई हेर्ने हो भने नेपालको राष्ट्रिय झण्डा जलाउने र च्यात्ने अथवा बिगार्नेलाई ३ वर्षसम्म कैद अथवा ३० हजारसम्म जरिवाना वा दुवै हुने उल्लेख गरिएको छ ।

यसै सन्दर्भमा न्यूज २४ नेपालको लोकप्रिय कार्यक्रम “सीधा कुरा जनतासँग”मा संलग्न “ताली वा गाली” ले समेत यस आपराधिक, राष्ट्रघाती, अमर्यादित, उच्श्रृंखल म्यूजिक भिडियोमा राष्ट्रिय झण्डा जलाएको सन्दर्भमा मुलुकी ऐनले तोकेको सजायका सन्दर्भमा यो साताको ताली वा गालीमा अभिमतको लागि भोटिङ पनि जारी गरेको छ ।

“ताली वा गाली”को ७५ औं श्रृंखलामा भोटिङका लागि राखिएको प्रश्न

के देशको झण्डा जलाउनेलाई ‘३ वर्ष कैद र ३० हजार जरिवाना’को सजाय पर्याप्त छ? ‘पर्याप्त सजाय हो नि’ भन्नेले ताली र ‘यो कस्तो सजाय हो, अत्ति नै कम पो भो’ भन्नेले गालीमा भोट गर्नुहोला ।

“ताली वा गाली” न्यूज २४ नेपाल तथा हाम्रो पात्रोको सहकार्यमा तयार पारिएको हो भने । यो साताको तीनदिन आइतबार, मङ्गलबार तथा बिहिबार सामाजिक, राजनीतिक समसामयीक मुद्दाहरुमा सञ्चालन हुँदै आएको छ । अहिलेसम्म उक्त प्रश्नमा यो समाचार तयार पारुञ्जेल (अपरान्ह १२ः१८) ५ हजार ८ सय बढी (जम्मा मतको ९२.३ प्रतिशत) ले आफ्नो मत जाहेर गरीसकेका छन् । भोटिङ अझै खुल्ला छ बिहिबार साँझ ८ बजेसम्म भोटिङ गर्न सकिनेछ ।

कसरी गर्ने भोटिङ?
हाम्रो पात्रो एपको होम पेजमा रहेको “ताली वा गाली”मा जानुहोस् त्यहाँ ७५ प्रश्नमा भोटिङ खुल्ला छ त्यसलाई थिचेर ताली वा गालीमा आफ्नो मत जाहेर गर्न पनि सक्नुहुन्छ अथवा यस लिंकलाई थिचेर समेत आफ्नो मत जाहेर गर्न सक्नुहुनेछ https://hamropatro.app/VZsQ


Loading comments...