रौतहटमा लोसपामा ८८ र नेकपा (एकीकृत समाजवादी)मा ८४ जनप्रतिनिधिको सनाखत


रौतहट । रौतहटमा एमाले छाडेर नेकपा एकीकृत समाजवादी पार्टीमा ८४ जनप्रतिनिधिले सनाखत गरेका छन् ।

चन्द्रपुर नगरपालिकामा नेकपा एमालेबाट निर्वाचित उपमेयर रामरती चौधरीसहित जिल्लाका ८४ जनाले एमाले छाडेका हुन् ।

यस्तै जिल्लामा राष्ट्रिय जनता पार्टी नेपाल छाडेर लोकतान्त्रिक समाजवादी पार्टीमा ८८ जनप्रतिनिधिले सनाखत गरेका छन् ।

मंगलबार अन्तिम दिनसम्म ‘लोसपा’मा ८८ जना र एकीकृत समाजवादीमा ८४ जनाले सनाखत गरेको जिल्ला निर्वाचन अधिकृत छोटेलाल दासले जानकारी दिए ।

जिल्लामा नेकपा एमालेबाट एक जना उपमेयरसहित एक सय पाँच जनाले विभिन्न पदमा चुनाव जितेका थिए । जस मध्ये ७ जनाको निधन भइसकेको छ ।

भदौ २ मा नेकपा एमाले विभाजन भई माधवकुमार नेपालको नेतृत्वमा नेकपा एकीकृत समाजवादी दल गठन भएपछि एमालेका जनप्रतिनिधिहरू दुई खेमामा विभाजन भएका हुन् ।


Loading comments...