लादेनको मृत्युको ८ वर्ष पछि : अलकायदा कहाँ छ त ?


ओसामाले नेतृत्व गरेको संस्था विश्वकै सर्वाधिक भयंकर जिहादिहरुको संस्था मानिन्थ्यो, हजारौं जिहादीका एकमात्र सर्वोच्च कमाण्डर ओसामा मारिएकै ८ वर्ष बितिसक्यो तथापि विश्वमा अतंकवाद र जिहादका क्रम चलिरहेकै छ । लादेन मारिएका ८ वर्ष पछि अलकायदा कहाँ छ त ? आउनुहोस आज बिष्लेषण गरौं ।

जिहादीहरुको समुह मात्र नभई आर्थिक रुपमा एउटा सबल र समुन्नत अलकायदाले एक समयमा विश्वकै शक्तिराष्ट्र अमेरिकालाई नै आच्छु आच्छु पारेको थियो । लादेनको मृत्यु अनि बिभिन्न राजनैतिक कारणले पक्का पनि आज अलकायदा त्यति शक्तिशाली छैन जति पहिले हुने गर्दथ्यो । उता सिरिया र ईराकमा आईसीस र अहिले आइसीलको उदयसंगै अलकायदाको आतंकवादको दबदबा त कम भएको पक्का हो तथापि अन्य बिभिन्न कारण र संरचनागत कुराले अलकायदाले फेरि टाउको नउठाउला भन्न सकिन्न ।

बिबिसीमा जुल्फीकार अली लेख्दछन कि अलकायदा अहिले सुस्तरि आफ्नो संगठन सुधार र गठबन्धन बलियो बनाउन लागिपरेको देखिन्छ । अमेरिकाको नेशनल इन्टेलीजेन्स रिपोर्टले पनि अमेरिकी सरकारलाई अलकायदा अहिले सुस्तरि आफ्नो नेतृत्व पूर्नगठन, सदस्यता बृद्धि अनि सार्मथ्यको पूनरागमन गर्न तर्फ लागेको र भोलीको दिनमा फेरि विश्वलाई सरक्षा चुनौति हुन सक्ने बताँउदछ । यसै वर्ष फेब्रुअरीमा पनि बेलायतका इन्टेलिजेन्स चिफ एलेक्स योगंले पनि अलकायदाको सुस्त तयारीका विषयमा प्रतिवेदन दिएका थिए ।
हुन त ड्रोनहरुको प्रयोग गर्दै अमेरिकी सरकारले आइसीलका नेतृत्वहरुको सफाया गर्न थालेपछि मौन बसेको अलकायदाले नयाँ रणनिति तर्जुमा गरिनसकेको बताइन्छ । तथापि अलकायदाले आफ्ना शाखाहरु अफ्रिका, मध्यपूर्व अनि एसियासम्म सफलतापूर्वक विस्तार गरिसकेको प्रतिवेदनहरुमा उल्लेख छ । स्थानीय ससाना सैन्य दस्ताहरुसंग अलकायदाको समन्वय बढेको प्रतिवेदनले बताँउदछ । अलकायदाको नयाँ रणनितिमा सामाजिक बिकासका परियोजना लिएर बिकासोन्मुख देशमा जाने र शाखा बिस्तार गर्ने रहेको छ ।

सन् २०१३ मा अलकायदाले संगठनभित्र नेतृत्ववर्ग देखि नै निती र नियम हेरफेर गरेको थियो । आइसीलको तुलनामा अलकायदा अब अलिक कम कठोर र स्थानीय भ्रष्टाचार र सरकारको बिरुद्धमा जनताको साथ लिएर अघि बढ्न चाहेको अफ्रिका र एसियाका केहि संगठन विस्तारका क्रमहरुले देखाएको भनेंर अक्सफर्डको पेमब्रोक कलेजकी सिनियर फेलो एलिजावेथ केन्डलले बिबिसीलाई बताएकी छिन ।

सन् २०१८ मा अलकायदाले साना ठूला गरि कूल ३१६ आक्रमण गरेको देखिन्छ । अहिले अलकायदाका मुख्य नेता एमान अल जवाहारी हुन्, उन्ले ओसामा का छोरा हम्जा बिन लादेनलाई आफ्ना भाषणमा सिंहका रुपमा परिचय गराँउदै आएका छन् । ३० वर्षिय हम्जा बिन लादेनलाई अमेरिकाले यसै वर्ष बाट १० लाख अमेरिकी डलरको ईनाम राखेको छ, हम्जाका बारेमा केहि थाहा पाउने या कुनै पनि प्रकारको जानकारी भएमा अमेरिकी सरकारलाई सो जानकारी उपलब्ध गराएमा १० लाख अमेरिकी डलरको ईनाम छ ।
हम्जाले गत केहि वर्षदेखि अमेरिका र वेलायत लगायत अन्य पश्चिमा देशहरुको बिरुद्धमा आक्रमण गर्न र आफ्नो बुवाको हत्याको बदला लिन अडियो, भिडियोमा आव्हन गर्दै आएका छन् ।

जे होस् ओसामा मारिएको ८ वर्षमा अलकायदाले नेतृत्व, निती र समुदायस्तरका क्रियाकलापसम्म आफ्ना रणनितीहरु परिमार्जन गरेको छ, अलकायदा अब फेरि विश्व शान्तिका लागि चुनौती बन्ने त हैन ?

लाइभमाण्डु


Loading comments...