वाट्सएप चलेको छैन? अचानक आएको समस्याका कारण वाट्सएपले माग्यो माफी


आइतबारका दिन लोकप्रिय मोबाइल एप्स वाट्सएपमा विश्वभरि समस्या देखिएको थियो । वाट्सएपमा आइतबारका दिन विश्वभरका कुनै पनि प्रयोगकताएले मिडियाका क्लीपहरु शेयर गर्न पाएनन भनें कतिपय प्रयोगकर्ताले आफ्नो स्टेटस फिचर पनि हेर्न नपाएको बताइन्छ ।

यसका कारण करोडौं वाट्सएप प्रयोगकर्ताले समस्याको सामना गरिरहेका छन् । अहिले यो समाचार तयार पारुञ्जेल समेत वाट्स्एपबाट म्यासेज पठाउन र पाउन सकिएको छैन ।

एण्ड्रोइड प्लाटफर्ममा ५ अर्ब डाउनलोड भइसकेको छअ भने विश्वभर iOS समेत गरी करोडौ सक्रिय प्रयोगकर्ता रहेको रहेका छन् । “हामी यस प्राविधिक समस्याका कारणले पर्न गएको असुविधा प्रति क्षमाप्रार्थि छौं” भनी फेसबुकका प्रवक्ताले बताएका छन् । वाट्सएप र फेसबुक एउटै कम्पनीका उत्पादन हुन् । फेसबुक अन्तर्गत वाट्सएपजस्ता अन्य ८२ कम्पनीहरु छन् ।


Loading comments...