विप्लब पनि सरकारमा जान तयार, अघि सारे सर्त


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लबले पनि संयुक्त सरकारमा सहभागी हुने धारणा अघि सारेका छन् । प्रधानमन्त्री केपी ओलीले संसद बिघटन गरि निर्वाचनको मिति घोषणा गरेपछि पार्टीका धारणा अघि सार्दै महासचिव विप्लबले संयुक्त सरकार निर्माण भए आफुहरु पनि सहभागी हुने बताएका हुन् ।

तर विप्लबले दलाल पुँजीवाद र वैज्ञानिक समाजवादबारे जनमत संग्रह गर्नुपर्ने माग अघि सारेका छन् । अर्धभूमिगत अवस्थामा रहेर गतिबिधी गरिरहेका विप्लब समुहले केहि समय अघि शान्तिपूर्ण राजनीतिक बाटो रोजेको थियो ।


Loading comments...