विप्लव गाडीमा काठमाडौं आउँदै


काठमाडौं । विद्रोही नेकपा माओवादीका नेता नेत्रविक्रम चन्द विप्लव हेलिकोप्टर चढ्न नमानेपछि गाडीबाटै काठमाडौं आउँदै गरेको एक नेताले जानकारी दिएका छन् ।

उनी काठमाडौं बाहिर भएकाले शुक्रबार हुने कार्यक्रमको सम्बोधनका लागि ल्याउन सरकारले हेलिकोप्टर स्टान्डबाई राखेको थियो ।
तर विप्लवले हेलिकोप्टर चढ्न नमानेपछि गाडीबाटै काठमाडौं आउँदै गरेको ती नेताले जानकारी दिए ।

हेलिकोप्टरमा चढ्दा राम्रो सन्देश नजाने भएकाले पार्टीले व्यवस्था गरेको गाडीमै विप्लव काठमाडौं आउँदै गरेको केन्द्रीय सदस्यसमेत रहेका ती नेताले जानकारी दिए ।

उनी राति अबेरसम्म काठमाडौं आइपुग्ने उनले जानकारी दिए ।

विप्लव नेतृत्वको नेकपा र सरकारबीच भएको सहमतिअनुसार शुक्रबार प्रधानमन्त्री ओली र विप्लव एउटै मञ्चमा सम्बोधनका लागि उपस्थित हुँदैछन् ।


Loading comments...