विश्वासको मत जितेका प्रधानमन्त्री देउबालाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिए बधाई


काठमाण्डौ । विश्वासको मतका लागि नेपाली काँग्रेसका सभापती तथा प्रधानमन्त्री देउबाले कुल २७५ भोट मध्यबाट १६५ बहुमत भोट प्राप्त गर्नुभएको छ । मतदान प्रक्रियामा कुल २४९ सांसदहरु सहभागी भएका थिए । जसमध्येका १६५ भोट प्रधानमन्त्री देउबाको पक्षमा खसेको थियो । जसबाहेक केवल ८३ भोट उनको विरुद्ध खसेको थियो । नेपाली काँग्रेस, नकपा माओवादी केन्द्र तथा जनता समाजवादी पार्टी-नेपालका सांसदहरुले देउबाको पक्षमा आफ्नो मत जाहेर गरेका थिए ।

प्रधानमन्त्री देउबाले जनताको संसदबाट जनादेश स्वरुप विश्वासको मत प्राप्त गरेसँगै छिमेकी देश भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले राती १० बजे ट्वीट गर्दै नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउबालाई बधाई ज्ञापन गर्नुभएको छ ।

प्रेसित ट्वीटमा लेखिएको छः “प्रधानमन्त्री @DeubaSherbdr लाई बधाई तथा उनको सफल कार्यकालका लागि शुभकामना । म सभी क्षेत्रहरुमा सृजनात्मक साझेदारीलाई अगाडी बढाउनका लागि, तपाईंसँग काम गर्न तथा त्यहाँका नागरिकका साथ हाम्रो गहिरो सम्बन्धलाई मजबूत गर्न म तत्तपर छु ।”

नेपाली काँग्रेसका सभापती ७५ वर्षीय देउबाले राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा अषाढ २९ गते प्रधानमन्त्री पदको शपथ लिनुभएको थियो । यसको एक दिन अघि सर्वोच्च अदालतका प्रधान न्यायाधीश चोलेन्द्र शमशेर राणाको अध्यक्षता रहेको संवैधानीक इजलासले ५ महिना अघि विघटित संसदको तल्लो सदन प्रतिनिधिसभालाई पुनर्स्थापना गर्ने आदेश दिएको थियो । अदालतले ओली सरकारले प्रतिनीधिसभा विघटनबारे लिएको निर्णयलाई असंवैधानिक घोषणा गर्दै प्रतिपक्षमा रहेको नेपाली काँग्रसका सभापती शेरबहादुर देउबालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेको थियो ।


Loading comments...