वीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानमा मेडिकल अफिसरको तलब


डाक्टर हुन सहज कुरा हैन् । सस्तो पनि छैन अनि पैसामात्रै तिरेर पनि हुँदैन । मेडिकल शिक्षा एउटा लगन अनि समर्पण हो जहाँ एमबीबीएस सकाउन ५ वर्ष अनि त्यसअघि एमबीबीएसमा नाम निकाल्नै धेरै मिहिनत र लगाव चाहिन्छ । त्यसैले त स्कुले बिधार्थीहरुमा अधिकांशले डाक्टर बन्छु भनेंर आफ्नो लक्ष्य बनाएपनि अन्नत स्थेथोस्कोप नै बोक्ने चाँही धेरै कम हुन्छन् । एमबीबीएसपछि को एमडिमा त झन नाम निकाल्न अनि पढ्न महाभारत झैं हुन्छ, एमबीबीएसमा नै करोडौं खर्च भएका हरु फेरि एमडीमा नाम निकाल्न र करोडौं खर्च गरेर पढ्न बाध्य हुन्छन् । बास्तवमा भन्ने हो एउटा डाक्टरले आफ्नो परिश्रम बाहेकको खर्च गरेको पैसो मात्र पनि बैंकमा हाल्ने हो भनें पेशाले भन्दा धेरै ब्याजले कमाई हुने ब्यगं पनि गर्दछन् । हामी डाक्टरलाई भ्रष्ट अनि बेइमान पनि भन्दछौं अनि डाक्टर भन्ने बित्तिकै धेरै कमाएर मोटाएका पैसावाला मान्छे भन्ने बुझिन्छ । तर नेपालको प्रतिष्ठित स्वास्थ विज्ञान अध्ययन केन्द्र को यो पारिश्रमीक सूची र बृद्धि दरले एमबीबीएस गरेका डाक्टरहरु र हाउस अफिसरहरुको तलब को दर्दनाक अवस्था देखिन्छ । अरु सबैको तलब १०० भन्दा धेरै प्रतिशतले बढेपनि यि मेडिकल अफिसरको तलब र आवाशिय चिकित्सक हाउस अफिसरको तलब केवल ४० प्रतिशते एक दशकमा बढेको देखाँउदछ । यो कहाँको न्याय हो ?

चिकित्सक नै स्वयम श्रम शोषणमा परेका त हैनन ? यस अवस्थामा एउटा बिरामीलाई सर्वप्रथम जाँच्ने र ओखती दिएर जोखिम बाहिर ल्याउने मेडिकल अफिसरहरुको आफ्नै जीवनको आर्थिक अवस्था डामाडोल देखिन्छ । डाक्टर बन्ने सपना महँगो मात्र नभई कठिन र पीडादायी पनि भएको प्रमाणित भएको छ । ज्यामी र दैनिक मजदुरको ज्याला तोक्ने र न्यूनतम ज्यालाको हिसाब राख्ने सरकार चिकित्सकको बिषयमा किन बोल्दैन ?
डाक्टर केसी पनि अब आफ्नै सहकर्मीका लागि पनि बोल्ने पो हो कि ?

लाइभमाण्डु


Loading comments...