श्रम स्वीकृति लिएरै नेपालमा काम गरिरहेका छन् १२९७ विदेशी कामदार


काठमाडौं । नेपालमा एक हजार २ सय ९७ जना विदेशी नागरिकले श्रम स्वीकृति लिएरै काम गरिरहेका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार चालु आवको पुस मसान्त अवधीमा ५ सय ४ जना विदेशी नागरिकले नेपालमा काम गर्नका लागि श्रम स्वीकृति लिएका छन् । त्यस्तै ७ सय ९३ जनाले भने पुरानै श्रम स्वीकृतिलाई नविकरण गराएका छन् ।

नेपालस्थित विदेशी नियोग, दातृ संस्था र ठूला विकास परियोजनाहरुमा विदेशी कामदारहरु रहने गरेका छन् । विदेशी निर्माण व्यवसायी तथा परामर्श दाताहरुका रुपमा श्रम स्वीकृति लिएर नेपालमा काम गरिरहेका छन् ।

भारत बाहेकका सबै मुलुकका नागरिकहरुले नेपालमा काम गर्नका लागि भिसा लगाएर श्रम स्वीकृति लिनुपर्ने व्यवस्था रहेको छ ।


Loading comments...