श्रीकृष्ण, बालगोपाल, चक्रधारी अथवा विराट स्वरूप? घरमा कता राख्ने भगवान श्रीकृष्णको तस्वीर


कृष्ण जन्माष्टमी विशेष – वास्तुज्ञान

घरमा वास्तु ऊर्जा तथा संस्कारलाई बढावा दिन भगवान श्रीकृष्णको स्वरुप अतुलनीय छ । श्रीकृष्ण जन्माष्टमीलाई ध्यानमा राख्दै ज्योतिष पण्डित नारायणप्रसाद दुलालमार्फत् जान्नुहोस् सुख-समृद्धि तथा लक्ष्यलाई पुरा गर्नका लागि भगवान श्रीकृष्णको कुन तस्वीर घरको कुन स्थानमा लगाउनुपर्दछ ।

वास्तु अनुसार, घरमा भगवानको तस्वीरहरु राख्नु शुभ मानिन्छ । भगवानको विभिन्न तस्वीरहरुको महत्व पनि फरक फरक छ । भगवान श्रीकृष्णको विभिन्न रुप प्रेरणादायक र अर्थपूर्ण छन् । उनको हरेक लीला अनुकरणीय तथा अनुपमेय छ । घरमा वास्तु उर्जा तथा संस्कारलाई बढाउनका लागि भगवान श्रीकृष्णको स्वरुप अतुलनीय छ । श्रीकृष्ण जन्माष्टमी (Sri Krishna Janmasthami) को मौकामा ज्योतिष पण्डित नारायणप्रसाद दुलालमार्फत जान्नुहोस् सुख-समृद्धि तथा लक्ष्यलाई प्राप्त गर्नका लागि भगवान श्रीकृष्णको कुन तस्वीर घरको कुन स्थानमा राख्नुपर्छ त?

ज्योतिष पण्डित नारायणप्रसाद दुलाल
स्नातकोत्तरः नेपाल संस्कृत विश्वविद्यालय
तथा त्रिभूवन विश्व विद्यालय

घरको उत्तर-पूर्व दिशातर्फ अर्थात् इशान कोणमा मख्खनचोर, लड्डूगोपालको तस्वीरले सहजता तथा प्रेम भर्दछ । मानवको मनमा आस्था जागृत गर्दछ । घरमा १२ वर्षसम्मका बच्चाहरु यदि छन् भने कृष्णको बाल अवतारका तस्वीर अवस्य राख्नुहोस् । यसले स्मृती तथा बुद्धिमतालाई बढाउने कार्य गर्नेछ । पूर्वमा भगवान श्रीकृष्णको गोपाल रुपको तस्वीर राख्नुहोस् । यसले धनधान्य तथा कर्म प्रदान गर्नेछ । यो इश्वर भक्ति तथा आस्थाको साथ प्रकृतिसँगको सामिप्यताको प्रतिक हो । घरमा लक्ष्मीको वास हुनेछ ।

दक्षिण-पूर्व दिशामा भगवान श्रीकृष्णको विराट स्वरूपको तस्वीर लगाउनुहोस् । यो उर्जाको सूचक हो । समस्त ब्रह्माण्डलाई स्वयंमभित्र समाहित गरी असीम उर्जाको प्रतिक बनेका भगवान श्रीकृष्ण समस्त संसारको भोक्ता हुन । यो दिशा भान्साको लागि उपयुक्त हुन्छ । दक्षिण दिशामा गोवर्धन पर्वत उठाएका अथवा विराट स्वरुपका श्रीकृष्णको तस्वीर राख्नुहोस् । यो संरक्षणको प्रतीक हो । यसो गर्दा घरमा सबै सुरक्षित तथा सहज अनुभव गराउने छ । आकस्मिक समस्याहरुको आशंका कम हुने छ तथा त्यस्ता समस्याहरुको सामना गर्ने उपाय निस्किने छ ।

दक्षिण-पश्चिम दिशामा भगवान श्रीकृष्णको सुदर्शन चक्रधारी स्वरूपको प्रतिमा अथवा तस्वीर राख्नुहोस् । यस रूपले हामीलाई खराब तत्वहरुबाट टाढा राख्नेछ । तामसिक शक्तिहरुबाट बचाउने छ । यस दिशालाई राहु को दिशा मानिन्छ । भगवान श्रीकृष्णले मोहिनी रुप धारण गरी देवताहरुलाई अमृतपान गराएका थिए । राहुले धोखा दिएर अमृत पिउँदा भगवान श्रीकृष्णले सुदर्शन चक्रले राहुको शिर शरिरबाट अगल गरेका थिए ।

पश्चिम दिशामा भगवान द्वारकाधीशको तस्वीर राख्नाले धन सम्पदाको वैभवको आगमन हुन्छ । सबैको सहयोग प्राप्त हुन्छ । घरमा आनन्दको सञ्चार हुन्छ । ठूलाबडाप्रति आदरभावको वातावरण तयार हुन्छ ।

उत्तर-पश्चिम दिशामा राधा-कृष्ण तथा रासलीलाको तस्वीर राख्नुहोस् । हेर्दै आनन्द लाग्ने यो रुपले समस्त चिन्ताहरुको निदान गर्नेछ । कोमल भावनाहरु बढाउने छ. विवाहयोग्यहरुलाई सुन्दर प्रस्तावहरु प्राप्त हुनेछन् । जीवनबाट नीरसताको नाश हुनेछ । यो दिशा चन्द्रमाको दिशा हो । भगवान श्रीकृष्णको यस रुपले जीवनमा रस तथा पवित्रता भर्ने कार्य गर्नेछ ।

उत्तर दिशामा महाभारत युद्धका गाथामा केन्द्रित भगवान श्रीकृष्णका सारथी तथा श्रीमद्भाग्वत गीताको उपदेश समेटिएको तस्वीर स्थापित गर्नुहोस् । ज्ञानको लागि यो दिशा बुध ग्रह तथा भगवान गणेशको प्रतीक हो । जसको पूर्ण अर्थहो, “ज्ञान-विवेकबाट नै हामीले जीवनमा हरेक युद्धमाथी जित हासिल गर्न सक्छौं, अस्त्रको सहयोग बिना नै शत्रुको संहार सम्भव छ । श्रेष्ठ बिचारबाट मात्र नयाँ जीवनको कल्पना गर्न सकिन्छ ।”

श्रीकृष्ण जन्माष्टमीको शुभकामना !!


Loading comments...