ram

श्रीराम कसरी भगवान भए ?


रामो विग्रहवान् धर्मः साधुः सत्य पराक्रमः 
राजा सर्वस्य लोकस्य देवानाम् इव वासवः  ३-३७-१३

माथिका हरफहरु रामायणका एउटा खलपात्र मरिचका भनाइहरु हुन् । स्मरण रहोस् मरिचलाई रामले समुन्द्रमुनीको निकै तल धरातलसम्म पुग्ने गरि दण्ड दिएका हुन् । यि मरिचका मलेसिया, ईण्डोनेशीया, थाइल्याण्ड लगायतका देशहरुमा आआफ्नै नामले सम्बोधन गरिन्छ ।

दानव मरिचलाई भगवान रामले दण्ड दिएतापनि मरिचले भगवान श्रीरामको प्रशंसाका लागि धेरै श्लोकहरु खर्च गरेका छन् । माथिको हरफमा मरिचले श्रीरामलाई सत्यताको पर्याय, धर्मका पर्याय अनि साहसका र पराक्रमका बिम्बका रुपमा ब्याख्या गरेका छन् ।
अबथ थोरै भगवानको परिभाषा गरौं, भगवान अर्थात यस्तो तत्व जो यस ब्रहमाण्डका सबै मानिस अनि मष्तिष्कमा रहेको हुन्छ । जस्तै माया, ममता लगायतका कुराहरु भगवानका रुपमा मान्न सकिन्छ । भगवान कुनै स्वरुपमा रहन या नरहन या रहेर पनि नरहन अनि नरहेर पनि रहन सक्दछन् । भगवानको तत्वलाई मनमा हरि या मनमा तातो भएको नभएको भनि पनि नेपाली समाजमा भन्ने गरिन्छ । भगवानले पुस्तौंपुस्ता बिचमा आएर जगतमा धर्मको पूर्नस्थापना गर्न अनि प्राणीलाई जगततत्वको बोध गराएर जाने गर्दछन् । भगवान श्रीकृष्णको कुरा गर्दा पनि मुख्यरुपमा कृष्णको अर्थ हरेकप्रकारले आकर्षक भन्ने लाग्दछ । माया अनि आकर्षणका पुञ्ज कृष्णपनि बिभिन्न स्वरुपमा आजसम्म मनमष्तिष्कमा बसेका छन् ।

भगवान त्यो तत्व हो जसले सबैलाई सबैमा रहेर माया अनि साहस प्रदान गर्ने उर्जा दिनेगर्दछन् ।

बाल्मिकी रामायणको कुरा गर्दा बिभिषण श्रीराम भएका ठाँउमा पुग्दछन् । आफ्ना दाजु रावणको अधर्म अनि असहिष्णुताले आजित भएका बिभिषण रामको ठाँउमा पुग्दा रामले स्वयम बिभिषण सुन , म तिमीलाई सम्पूर्ण हानीकारक प्राणीहरुबाट सुरक्षा दिनेछु, ब्रह्माण्डमा रहेका सम्पूर्ण तत्व अनि यदि परेमा भगवान या देवहरु बाट पनि अबउ प्रान्त म तिम्रो रक्ष ागर्नेछु भनेंर भनेंको पाइन्छ । बिभिषण रावणबाट भयभित भएर रामका शरणमा पुगेका हुन् ।

उता तुलसीदासको राम चरित्र मानसमा पनि बिभिषण राम भएका ठाँउमा पुग्ने बित्तिकै लंकेश भर्थात लंकाका अधिपती भनेंर सम्बोधन गरेका लेखिएको छ । बिभिषणले तत्काल भगवान श्रीरामलाई लंका त आफ्ना दाजु रावणको भएको तथापी किन आफूलाई लंकेश भन्नुभएको भनि प्रश्न गर्दछन् ।

श्रीरामले तत्कालै बिभिषणलाई बिभिषण मेरो प्रकृति स्वयम भगवान शंकरलाई पनि थाहा भएको अनि आफ्ना वचन आफ्ना वाणहरु जस्तै अचुक र असिम सत्यत रहेको बताएको लेखिएको छ । मैले तिमीलाई लंकेश निसकें अब तिमी नै लंकाका राजा हौ अनि रावण त केवल केही दिनको मात्र हो भनेंको तुलसीदासले लेखेका छन् । रामले रावण मार्नुअघि बिभिषणलाई लंकाका राजा बनाएको तथ्य छ ।

श्रीकृष्णले भागवत गीतामा भगवान तत्वका बिषयमा भनेंका हरफहरु उल्लेख गर्न चाह्यौं

अवजानन्ति मां मूढा मानुषीं तनुमाश्रितम् 
परं भावमजानन्तो मम भूतमहेश्वरम्  || 11||

अर्थात मलाई मानव रुपमा देखेर नचिन्ने अनि कम आँक्नेहरु मुर्ख हुन् । मेरो अलौकीक उपस्थिती अनि त्यसको दैविक शक्तिको पुञ्ज अतुलनीय छ ।

नाहं प्रकाशस् सर्वस्य योगमायासमावृतस् 
मूढोऽयं नाभिजानाति लोको मामजमव्ययम्
म सबैमा नरहन पनि सक्दछु, मेरो योगमाया शक्ति र त्यसको प्रखरता प्रचुर छ । अबुझ अनि मुर्खहरुले यो बुझ्दैनन कि म जन्म अनि परिवर्तन भन्दाको परिधी भन्दा बाहिर छु ।

अब भगवान राम तर्फ फेरि फर्कौ ।
भगवान श्रीरामले जगतमा धर्म अनि मानवताको एउटा गज्जबको दृष्टान्त र ज्ञान दिनुभएको छ । मान्छेको स्वरुपमा आएपनि रामले मानविय परिधी भन्दा बाहिरको दैविक काम गरेर जानुभएको छ । त्रेतायूगका गाँथाहरुमा त्यतिधेरै शक्तिहरु छन् कि आज हजारौं वर्ष पछि पनि घरघरमा हरेक दिन ति गाँथाहरु गुनगुनाउने गरिन्छ ।

न यस्य देवा ऋषयः पदं विदुर्जन्तुः पुनः कोऽर्हति गन्तुमीरितुम
यथा नटस्याकृतिभिर्विचेष्टतो दुरत्ययानुक्रमणः स मावतु 

अर्थात मञ्चमा रहेका एउटा कलाकार आफ्नो प्रस्तुतिका दौरान बिभिन्न कपडा र साजसज्जाका साथ उत्रने गर्दछन् । उन्को अभिनयमा दर्शकहरुले यथार्थ चरित्र पाएतापनि उनी आँफैमा एउटा कलाकार हुन् जो कसैका लागि अभिनय गर्दैछन् । अभिनय परिलक्षित छ र यथार्थ सत्यता हो । यसरी अभिनय र यर्थाथबिच मेरा भगवान पनि लुकेका छन् । भगवान तत्वको यर्थाथमा उन्को मानव चरित्र त केवल मञ्चको कलाकारको कला झैं हो, वास्तविक भगवानतत्वको उपस्थिती प्रति नतमस्तक हुन सकौं अनि त्यस विशुद्ध तत्वले हामी सबैको कल्याण गरोस् ।

जय श्री राम ।।।

-सुयोग ढकाल


Loading comments...