श्रीलंका बम आक्रमणका ४ जान्नैपर्ने तथ्यहरु


५०० जनालाई गम्भीर घाईते अनि ३०० जनाको ज्यान लिने गरि ३ वटा चर्च र बिभिन्न होटलहरु लक्षित बम आक्रमणले श्रीलंकामा अहिले संकटकाल घोषणा गरिएको छ ।
संभवत यो अहिलेसम्मकै दु:खद ईस्टर हो, बिश्व स्तब्ध छ ।
ईण्डियन ओसिनको श्रीलंका आइल्याण्डमा गत दशकअघिको गृहयुद्ध समापनपछिको यो सर्वाधिक ठूलो आक्रमण हो । अहिलेसम्म कसैले यस बिष्फोटमा आफ्नो जिम्मेवारी लिएका छैनन । सरकारले कोलम्बो आसपासमा नाकाबन्धी लगाएर सामाजिक सञ्जालहरु पनि बन्द गरिदिएको छ ।

के भएको थियो ?
अप्रिल २१ तारिखको ईस्टर प्रार्थनामा भेला भएकाहरुलाई निशाना बनाई बिभिन्न होटल र चर्चहरुमा श्रीलंकामा श्रृखलाबद्ध ७ बिष्फोट भए । सैयौं जनाका ज्यान गएको खबर छ, कोलम्बोमा ४५ जना र कोलम्बोबाट २५० किमी पर बातिकोलोवा शहरमा २५ जनाको मृत्यु भएको पुष्टि नै भइसक्यो, मृतकको संख्या बढ्न सक्ने अनुमान छ । कोलम्बोमो सेन्ट एन्थोनी चर्चबाट शुरु भएको बिष्फोटको सिलसिला क्रमश अर्को राजधानी बाहिरको चर्च सेन्ट सिबास्टियनमा अनि त्यसपछि बातिकोलोवा शहरमा श्रृखलाबद्ध बिष्फोटहरु हुन थाले । त्यसपछि प्रधानमन्त्री निवास छेउको सिनामोन होटलमा बिष्फोट भयो । यस्ता बिष्फोट श्रृखलाका क्रमहरु चल्दै गए अनि श्रीलंकामा अहिले आपतकालकै घोषणा गएिको खबर छ । बम हमलाहरु किगंसबेरी र शाग्रिला होटलमा पनि गराइएको खबर छ । क्याथोलीक बस्तीलाई आधार मानेर यसरी कोलम्बोमा आक्रमण गरेको बताइन्छ, त्यसपछि राष्ट्रिय चिडियाघर अगाडिको गेस्टहाउसमा पनि आक्रमण गरियो ।
अन्तिम अर्थात आठौं आक्रमणचाँही कोलम्बोको एउटा घरमा भएको थियो जस्मा ३ जना प्रहरीहरु मारिएको बताइन्छ ।

को को मारिए ?
ईस्टर प्रार्थनाका लागि भेला भएका हजारौं भक्तजनका बिच बिष्फोटहरु भएका हुन् । ३५ जना मृतकहरु बिदेशी रहेको र बाँकी श्रीलंकाकै नागरीक भएको खबर छ तथापि सबै खबरशरु पुष्टि हुन बाँकी छ । श्रीलंकाको परराष्ट्र मन्त्रालयको पछिल्लो बिज्ञप्तीले ३ जना भारतीय, २ जना टर्कीश, १ पोर्चुगीश, ३ बेलायती र २ जना अमेरिकीका साथ १ जना डच र १ जना चाइनीज रहेको खबर छ ।

कस्ले गरे हमला ?

रक्षा मन्त्रीका अनुसार यस आक्रमणमा आतंकवादी समुहको संलग्नता छ । तथापि जिम्मेवारी कसैले लिएका छैनन । कम्तिमा १३ जना शंकास्पद मान्छेहरु हिरासतमा राखिएको खबर छ । रक्षामन्त्रीले यस आक्रमणमा सिमापारका दुश्मनको संलग्नता पनि जाँच गर्ने बताएका छन् । कहिँकतै श्रीलंकामा यस आक्रमणको खबर पहिल्यै भएपनि सुरक्षासंयन्त्रले लापरवाही गरेको खबर पनि छ तथापी यस कुराको पुष्टि हुन बाँकी छ ।

श्रीलंकाको जनसख्याँको धार्मिक बिभिदता,
३६ वर्षे गृहयुद्धमा श्रीलंकामा १ लाख नागरीकको मृत्यु भएको छ । २ करोड ३० लाख जनसख्याँ भएको यस एतिहासिक देशमा ४ भागको ३ भाग सिन्हाले समुदायका मान्छे छन् । उत्तर र उत्तपूर्व क्षेत्रमा अधिकांश तमिल समुदायका मान्छे छन् जस्को जनसंख्या कुल जनसंख्याको १५ प्रतिशत छ । यिनै तमिल समुदायको पृथकतावादी आन्दोलन नै ३६ वर्षसम्म गृहयुद्धका रुपमा चलेको हो, पछि सन् २००९ मा यो आन्दोलन दबाइयो । मुसलमान १० प्रतिशत र ईसाईहरु ६ प्रतिशत छन् । सन् २००९ को शान्ति प्रक्रियापछि बुद्धिस्ट मन्कहरु ले मुसलमानको बिरुद्धमा र्याली नै गरेका थिए । केहि समयपछि पहाडी ईलाकामा बुद्धिस्टहरु माथि मुसलमानको दमनका खबरहरु पनि आएको थियो, सरकारको सुरक्षा संयन्त्र यसप्रति बिशेष सुरक्षासंयन्त्रका साथ संवेदनशील भएका थिए ।

श्रीलंकाको चर्चहरु बिष्फोटको परिवेश

श्रीलंकाका विभिन्न शहरहरुमा अहिलेसम्म ७ वटा ठूलो बिष्फोट, १८७ को मृत्यु


Loading comments...