सगरमाथा चढ्न साइकलमा १३ हजार किमी पर स्वीडेनबाट आएका र साइकलमै फर्किएका एक मान्छे


स्वीडेनका गोरान क्रोप नामका यि व्यक्ति चर्चित पर्वतारोही हुन्, आफ्ना रोमाञ्चक काम र साहसले यिनी सदैव चर्चामा रहन्छन् । सन् १९९६ मा यिनी १३ हजार किमी साइकलमा चढेर स्वीडेनबाट नेपाल आए , त्यसवर्ष सगरमाथा यिनले अक्सिजन बिना नै चढे अनि स्वदेश साइकलमा नै फर्किए ।

सन् १९७२ मा क्रोप केवल ६ वर्षका हुँदा देखि नै यिनी पर्वतारोहणमा निकै रुची राख्न थाले, यिनका बुवाले त्यसबेला नै यिनलाई नर्वेको गाल्डोपिगन पर्वत लिएर गए, यो समुन्द्री सतहबाट ८१०० मिटर अग्लो छ । स्वीडेनको सेनामा पाराशुट रेन्जरका रुपमा समेत कार्य गरेका क्रोप त्यसपछि विश्वका सर्वाधिक चुनौतिपूर्ण हिमालहरु आरोहण गर्न तर्फ लालाहित भए ।

 

काजाकिस्तान र किर्गिस्तान बिचको चुनौतिपूर्ण लेनिन चुचुरो सन् १९८८ मा यिनले चढेर भ्याए, त्यसपछि कोटोपाक्सि, इलाम्पू, हुयाना पाटोसी जस्ता चुनौतिपूर्ण र मोफसलका हिमालहरु यिनले चढे ।

त्यसपछि यिनको सपनाको चुचरो सगरमाथा बाँकी भयो, उनी सगरमाथाको आरोहणलाई विशेष बनाउन चाहन्थे । अक्टोबर १६ सन् १९९५ मा यिनले स्टकहोमबाट आफ्नो साइकलमा सगरमाथा आरोहण गर्ने लक्ष्यका साथ नेपाल तर्फको यात्रा शुरु गरे । यो साइकल विशेष गरि डिजाइन गरिएको क्रिसेन्ट अल्टिमा साइकल थियो । २३८ पाउण्डको भारी साइकलमा हालेर यिनले सगरमाथाको यात्रा शुरु गरे, स्क्यान्डेनेभियन सागर तरेर मध्यपूर्व एसिया, म्सोपोटामिया हुँदै एसिया प्यासिफिक अनि नेपाल छिर्न सहज पक्कै थिएन । १३००० किमी साइकल कुदाएर यिनी सन् १९९६ को अप्रिलमा नेपाल आइपुगे, लगभग ६ महिनाको साइक्ल यात्रा पछि यिनी नेपाल आइपुगेका थिए ।

यिनी सगरमाथा बेस क्याम्प आएका दिन ८ जना आरोहीहरुले आरोहणका क्रममा ज्यान गुमाएका थिए, त्यसै दिन यिनी यि आरोहीहरुको उद्धार र मेडिकल सहयोगमा पनि सामेल भए । क्रोप अक्सिजन बिना, कुनै शेर्पा गाइड बिना, कुनै क्यान खानेकुरा र याकको सहायता बिना नै चुनौति लिएर चढे, यो एउटा निरपेक्ष अनि ब्यापक चुनौति यो जुन क्रोपले पार गरे । क्रोप आफ्नै शक्ति र सार्मथ्यको बलमा सगरमाथा चढ्न चाहन्थे र पुरा पनि गरे । क्रोप स्वयमले म अहिलेसम्म नभएको जोखिम लिन चाहन्थे, मैले पूरा गरेर देखाँए । लेखक र पत्रकार जोन रोथचाइल्डले क्रोप जोखिम लिन चाहन्थे तर यिनमा मृत्युवरणको इच्छा भनें थिएन, यिनी जोखिम मोलेर जीवनलाई नयाँ रुप दिन चाहन्थे भनी लेखेका छन् ।

क्रोपकी श्रीमती रेनाटा चुमस्का पनि सगरमाथा आरोहण गर्ने प्रथम स्वीडिश महिला हुन्, क्रोपले आफ्नो जीवनमा जोखिम र पर्वतारोहणको नयाँ साहस दिएर गए । दुख्खद कुरा के भयो भनें सेप्टेम्बर ३० सन् २००२ मा फ्रान्समा एउटा पर्वत आरोहणका क्रममा लडेर यिनको मृत्यु भयो । त्यतिबेला यिनी ३५ वर्षका थिए ।

क्रोपका कथा र जीवनका साहसका उदहारणहरु आज पनि विश्वभरिका पर्वतारोहीले गर्दछन् ।

लाइभमाण्डु


Loading comments...