rule of success success tips

सफल कसरि बन्ने


मानिसले सफलता प्राप्त गर्नको निम्ति दुख गरेर मात्र हुदैन सहि समयमा सहिकाम पनि गर्न सक्नु पर्दछ ।  उचित समयमा उचित निर्णय लिएर विश्व चर्चित बनेका महान मानिसको बारेमा केहि तथ्यहरु यसप्रकार छन ।

–  समरसेट मम् मामुली लेखक थिए । एकदिन उनको कथा एक साथीले पढ्दछ र त्यस कथाबाट नाटक बन्न सक्ने कुरा तर्फ संकेत गर्दछ । पछी समले त्यस कथाबाट नाटक लेख्दछन् र लखपती बन्दछन् ।

– ओ हेनरीलाई घोटलाको आरोपमा जेल हालिन्छ । जेलको कष्टकर जीवनको सन्देश खोज्दै गर्दा दिनरात पढ्ने निचोडमा पुग्छन् र अन्ततः कवि वन्दछन् ।

– कम्प्युटर इन्जिनियर जेफ बेजोस इन्टरनेटबाट सूचना संकलन गर्दै जादाँ इन्टरनेट प्रयोगकर्ताको संख्या ह्वात्तै बढिरहेको थाहा पाउदछन् । यसैलाई पछ्याएर उनले अमेजन डट कमको सुरूवात गर्दछन् र चार वर्षमा छ अर्ब डलर कमाउदछन् ।

– रसेल एच. कनवेल मामुली समवाददाता थिए । एकपटक इराकको यात्रामा जादाँ कसैले उनलाई अली हफिदको कथा सुनाइदिन्छ । र यसै कथालाई बढाएर उनले एकर्स अफ डाइमण्ड पुस्तक लेख्दछन् जसले उनलाई विश्वविख्यात एवं धनी बनाइदिन्छ ।

– किंग सी जिलेटलाई कसैले सल्लाह दिन्छ एकपटक प्रयोग गरेपछी फाल्नै पर्ने सामान बनाए फाइदा हुन्छ । यसैलाई ख्याल राखी उनले ब्लेडको सुरूवात गर्दछन् ।

– डेविड वालेसलाई पत्रिकाका लेखहरू प्रायः लामा र अनवश्यक लाग्छ । उनले यस कमजोरीलाई हटाउदै एक पत्रिकाको सुरूवात गर्दछन्, रिडर्स डाइजेष्ट । जुन विश्वमा लाखौ प्रती बिक्दछ ।

– स्याउको डल्लो खस्नु, बाफले केट्ली हल्लाउनु, समुद्र निलो देखिनु… संकेतलाई सकारात्मक रूपमा बुझ्नुस् यसले तपाईलाई सफलतासम्म पुर्याइदिनेछ ।


Loading comments...