सरकार मुलुकलाई गम्भीर द्वन्द्वतर्फ धकेल्न उद्यतः विवेकशील साझा


सरकारले संसदीय सुनुवाइविना नै संवैधानिक आयोगहरूमा पदाधिकारीहरूको नियुक्ति र शपथ ग्रहण गराएकोप्रति विवेकशील साझा पार्टी गम्भीर आपत्ति जनाएको छ ।

संसद् विघटन गरी मुलुकलाई ठुलो अस्थिरतातर्फ धकेलेको केपी ओली नेतृत्वको सरकारले सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा गरेको उक्त नियुक्ति संविधानमाथिको फेरी अर्को घातक प्रहार साझाको ठहर छ।
सो पार्टीका प्रवक्ता शरदराज पाठकले बिहीबार जारी गरेको विज्ञप्तिमा श्रृंखलाबद्ध रूपमा असंवैधानिक कदमहरू चाल्दै सरकार मुलुकलाई गम्भीर द्वन्द्वतर्फ धकेल्न उद्धत रहेको छर्लङ्ग भएको उल्लेख गरिएको छ ।

सरकारको अर्को असंवैधानिक कदमलाई राष्ट्रपतिले फेरि पनि सहजै सदर गरिदिनु दुर्भाग्यपूर्ण भएको साझाले जनाएको छ ।

साझाले सरकारको प्रतिकार गर्ने नाममा नागरिकलाई दुःख दिने र अर्थतन्त्रमा आघात पुग्ने बन्द, आमहडताल जस्ता कार्य नगर्न सबै पक्षलाई आग्रह पनि गरेको छ ।


Loading comments...