‘साईनो’ को ‘मायालुलाई जात्रामै भेटियो’ बोलको गीत रिलिज


राजधानिमा आयोजित एक कार्यक्रममा भुवन थापा चन्दको चलचित्र ‘साईनो’ को ‘मायालुलाई जात्रामै भेटियो’ बोलको गीत सार्वजानिक भएको छ।गीतमा नायीका मीरुना मगर र डेव्यु नायक राज कुमार जस्ता कलाकारहरुले नुत्य गरेका छन्। गीतमा कलाकारहरु जात्रामा नाचिरहेको देखाइएको छ। गीतको छायाँकन काभेमा गरिएको छ।गीतको गीतको लेखक वरिष्ठ गीतकार चेतन कार्की हुन् ।

गीतमा प्रताप दास र मेलिना राइको स्वर रहेको छ।गीतका कोरियोग्राफर राम जी लामिछाने हुन्।गीतमा वसन्त सापकोटा र किरण भुसालको संगीत रहेको छ ।

चलचित्रको डेव्यु निर्मात्री भुवन चन्द हुन् भने चलचित्रलाई रमेश थापाले निर्देशन गरेका हुन्।शरण थापा चलचित्रका कार्यकारी निर्माता हुन्।चलचित्रका कथा अभिमन्यु निरवीले लेखेका हुन्।चलचित्रमा बनिश हमाल र मिलन श्रेष्ठको सम्पादन रहेको छ।चलचित्रमा मीरुना मगर,निता ढुङ्गागाना,राज कुमार,वसुन्धारा भुसाल,मदन दास श्रेष्ठ,र श्याम राई लगायतका कलाकारको अभिनय रहेको छ। चलचित्र जेष्ठ १० गतेबाट रिलिज हुने भएको छ।


Loading comments...