साउदीका राजाले आफ्नै छोरालाई बनाए उर्जा मन्त्री


साउदी अरबमा राजा शाषन छ र विश्वकै सर्वाधिक धनी राजपरिवारमध्यका अग्रपक्तिका साउदी राजपरिवार आफ्नो देश बिकासका धारणा, जहानिँउ शाषन , बिलासिता, लगानी, सम्पती लगायत कहिलेकाँही त आफ्ना दुश्मनलाई पराई भूमिमा सेना पठाएर टुक्रा टुक्रा पारि मार्न लगाएको काण्डमा समेत बिवादमा रहन्छन् ।

यहि शुक्रवार साउदीका राजा सलमानले आफ्ना एक पुत्रलाई अहिलेका उर्जामन्त्रीलाई पदमुक्त गर्दै नियूक्त गरेका छन् । राजकुमार अल्दुल्लाह बिन सलमानलाई यसरी उर्जा मन्त्री नियूक्त गरिएको हो, स्मरण रहोस् साउदीमा उर्जा मन्त्री बिशेष शक्तिशाली र महत्वपूर्ण मानिन्छन् । सम्पूर्ण तेलको ब्यापार, निर्यात र मुल्य निर्धारणजस्ता कुरामा उर्जा मन्त्रीको निर्णय महत्वपूर्ण रहन्छ । यि राजकुमार अल्दुल्लाह साउदीका तेल उधोगमा नाम चलेका मान्छे हुन् र अहिलेका राजकुमार मोहह्मद बिन सलमानका निकट मानिन्छन् । अहिले प्रतिब्यारेल ६० डलरमा बेचिरहेको तेलको मुल्य अब उर्जा मन्त्री परिपर्तनसंगै ८० देशि ८५ डलरसम्म बढ्न सक्ने बताइन्छ, त्यसो हुँदा विश्व बजारमा तेलको भाउ बढ्न सक्ने देखिन्छ ।
लाइभमाण्डु


Loading comments...