साउदी अरब माथी रकेट आक्रमण


मध्यपूर्व कोरोना संक्रमणले झनै आक्रान्त छ, यद्धपि त्यहाँको अन्तरदेशिय दुश्मनी अनि घृणाका श्रृखलाले पूर्णविराम त के अल्पविराम पनि नपाएको स्पष्ट छ । साउदीको राजधानी रियाद र दक्षिणी शहर जझानमाथि आकाशमा दुईवटा रकेट आक्रमण भएको छ, साउदी मिडियाका अनुसार साउदी नेतृत्वको गठबन्धनले यमनमा संघर्ष गरिरहेको अवस्थामा त्यहाँका हाउथी बिद्रोहीहरुले साउदीमाथि यसरी रकेट आक्रमण गरेको ठहर गरेका छन् । हाउथीलाई सहयोग गरेको आरोपमा ईरानलाई दशकौं देखि मध्यपूर्वका अन्य देशहरु लगायत पश्चिमा देशहरुले औंला ठड्याँउदै आएका छन् । जनरल सोलेमानी यसरी मध्यपूर्व क्षेत्रमा ईरानी सेनाको वर्चस्व र गठबन्धन बढाउन सक्रिय नेता रहेको आरोपमा अमेरिकाले ईराकमा मारेको एक चर्चित ईरानी नेता र सेना थिए ।

स्थानीय समय रातीको ११ बजेर २० मिनटमा साउदीमा यी रकेटहरुको आवाज आएको स्थानीयले बताएका छन्, साउदी इहवरिया टिभीका अनुसार एन्टी व्यालीस्टीक मिसाइलको सहयोगले ति रकेटहरुलाई आकाशमा नै निस्तेज गरियो, त्यसबाट कुनै मानविय क्षती भने भएको छैन । अमेरिकासंग साउदीले किनेको यूएस प्याट्रियोट मिसाइल सिस्टम प्रयोग गरि ति मिसाइलहरु झारिएको थियो ।
लाइभमाण्डु


Loading comments...